सोमबार, चैत २, २०८२

पल्सर स्पोर्टस् अवार्डकाे सहप्रायाेजक बन्याे केल्मी

आयोजक एनएसजेफले शुक्रबार केल्मीसँग पल्सर स्पोर्टस् अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं –  १७ औं संस्करणको पल्सर स्पोर्टस् अवार्ड २०७६ का लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले केल्मी नेपालसँग प्रायोजन सम्झौता गरेको छ।

National life

आयोजक एनएसजेफले शुक्रबार केल्मीसँग पल्सर स्पोर्टस् अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेबीच प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

अवार्डको सह–प्रायोजकका रुपमा केल्मी नेपालले सात लाख ५० हजार रुपैयाँ बराबर लोगो प्रिन्टसहित सय थान विन ज्याकेट, सय थान पोलो टी–सर्ट र ३५ सेट गिफ्ट ह्याम्पर उपलब्ध गराउनेछ।

केल्मीका प्रबन्धनिर्देशक न्यौपानेले कोभिडको कठिन अवस्थामा अवार्ड कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए।

Laxmi sunrise bank
kumari

उनले साग खेलकुदमा खेलाडीले प्राप्त गरेको गौरवमय उपलब्धिलाई सम्मान गर्न समेत अवार्ड कार्यक्रमसँग जोडिएको भनाइ राखे। 

मञ्चका अध्यक्ष सुवेदीले विषम परिस्थितिमा समेत केल्मी नेपालले अवार्डको प्रायोजन रकममा वृद्धि गरेकोमा धन्यवाद दिए। 

घरेलु खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड यस वर्ष पुस २८ गते सेमिभर्चुअल रुपमा आयोजना हुँदै छ।

अवार्डका लागि यसअघि नै पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ। हरेक विधामा ५–५ जना मनोनयनमा परेका छन्।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्देकाजी श्रेष्ठ परेका छन्।

त्यस्तै वर्षका पुरुष खेलाडीको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ छन्।

महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका हुन्।

युवा खेलाडीको मनोनयनमा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ छन्।

वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन्।
 

प्रकाशित: Jan 08, 2021| 09:02 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।