शनिबार, असार २७, २०८३

स्मिथको सानदार प्रदर्शनमा इन्डियालाई ३३९ रनको लक्ष्य

विस्फोटक ब्याट्स्मेन स्टिभ स्मिथले सानदार प्रदर्शन गर्दा जारी इन्डिया–अष्ट्रेलिया टेस्ट सिरिजको तेस्रो खेलमा पाहुना टिम इन्डियाले ३३८ रनको लक्ष्य पाएको छ।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– विस्फोटक ब्याट्स्मेन स्टिभ स्मिथले सानदार प्रदर्शन गर्दा जारी इन्डिया–अष्ट्रेलिया टेस्ट सिरिजको तेस्रो खेलमा पाहुना टिम इन्डियाले ३३८ रनको लक्ष्य पाएको छ।

यसअघि सम्पन्न दुई खेलका चार इनिङमा क्रमशः एक, एक, शून्य र आठ रन बनाएका स्मिथले तेस्रो खेलमा १३१ रनको सतकिय पारी खेलेका थिए।
उनको सानदार प्रदर्शनसँगै अष्ट्रेलियाले १३९ रनको लक्ष्य प्रस्तुत गरेको हो।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले एक सय पाँच ओभर चार बलको खेल्दै पूरा ओभर गुमाएर ३३८ रन बनाएको थियो।

जहाँ मर्नुस लुबुसेन्जले ९१ रन बनाउँदा विल पुकोभ्स्कीले ६२ रन बनाएका थिए। त्यस्तै, माइकल स्टार्कले २४ रन बनाएका थिए। यसबाहेक अन्य खेलाडीले सम्मानजनक स्कोर बनाउन सकेनन्।

यता इन्डियाका लागि रविन्द्र जाडेजाले चार विकेट गिराए भने नवदिप शैनी र जसप्रिम बुमराहले समान २–२ विकेट गिराउँदा मोहम्मद सिरजले एक विकेट लिए।

अहिले पाहुना टिम इन्डियाले जवाफी ब्याटिङ गरिरहेको छ।

यसअघि सम्पन्न दुई खेलमा इन्डिया र अष्ट्रेलियाले समान एक, एक जित निकालेका छन्।
 

प्रकाशित: Jan 08, 2021| 07:42 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।