शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आरटीजीएस प्रणाली अब विकास बैंक र फाइनान्स कम्पनीमा पनि 

आरटीजीएस प्रणाली अब विकास बैंक र फाइनान्स कम्पनीमा पनि 

आरटीजीएस प्रणालीमा आबद्ध हुने संस्थाहरूमा आठवटा विकास बैंक र दुईवटा फाइनान्स कम्पनी छन्। 
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं। रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप १० वटा संस्थाहरू आबद्ध भएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार ती संस्थाहरू शुक्रबारदेखि आरटीजीएस प्रणालीमा आबद्ध भएका हुन्।

आरटीजीएस प्रणालीमा आबद्ध हुने संस्थाहरूमा आठवटा विकास बैंक र दुईवटा फाइनान्स कम्पनी छन्। 

नेपाल राष्ट्र बैंकका अनुसार ज्योति विकास बैंक, सांग्रिला, महालक्ष्मी, मुक्तिनाथ, कामना बैंक, गरिमा, साइन रेसुङगा र लुम्बिनी विकास बैंक यस प्रणालीमा आबद्ध भएका छन्। 

त्यस्तै आईसीएफसी फाइनान्स र मन्जुश्री फाइनान्स लिमिटेड पनि आरटीजीएस प्रणालीमा आबद्ध भएको राष्ट्र बैंकले जनाएको छ।

यसअघि आरटीजीएस प्रणालीमा २७ वटा वाणिज्य बैंकहरू मात्र आबद्ध थिए। दुई लाखभन्दा बढीको रकम कारोबार गर्दा आरटीजीएस प्रणाली लागू हुने गरेको छ।

प्रकाशित: Jan 08, 2021| 06:41 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्