शुक्रबार, असोज २, २०८३

डिजिटल बैंकिङमा सहजीकरण गर्नू : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत निर्देशन जारी गर्दै डिजिटल बैकिङमा सहजीकरण गर्न निर्देशन दिएको छ।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत निर्देशन जारी गर्दै डिजिटल बैकिङमा सहजीकरण गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै विद्युतीय कारोबारको सुरक्षाको पर्याप्त प्रबन्ध मिलाई डिजिटल बैंकिङमा सहजीकरण गर्न निर्देशन दिएको हो।

निर्देशनमा ग्राहकले मोबाइल बैंकिङ, इन्टरनेट बैकिङलगायतका सेवाको युजरनेम र पासवर्ड बिर्सेमा आफैं प्राप्त गरी सेवा पुनः सुचारु गर्न सक्ने व्यवस्थासहित सहजीकरण गर्न भनिएको छ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाका सम्बन्धित ग्राहकको अनुमति लिएर र सेवा शुल्कबारे पूर्व जानकारी गराएर मात्रै त्यस्ता डिजिटल सेवाबापतको शुल्क लिन पनि निर्देशन दिएको छ। 

कोरोना कारण निशुल्क गरिएको अन्तरबैंक एटीएम सेवा भने आगामी माघ १ गतेदेखि दुई पटकसम्म मात्रै निशुल्क हुने भएको छ। 

राष्ट्र बैंकको बिहीबारको एकिकृत निर्देशनसँगै दुई पटकभन्दा बढी अन्तरबैंक एटीएम प्रयोग गर्दा बैंकहरुले २० रुपैयाँसम्म सेवा शुल्क लिन पाउने भएका छन्।

प्रकाशित: Jan 07, 2021| 12:22 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्