शुक्रबार, असोज २, २०८३

अन्तरबैंक एटीएम कारोबार गर्दा २० रुपैयाँ लाग्ने 

अबदेखि अन्तरबैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ। 
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– अबदेखि अन्तरबैंक एटीएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ। 

नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै अन्तरबैंक एटीएम कारोबारमा प्रतिकारोबार २० रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको हो। 

राष्ट्र बैंकले महिनामा दुई वटा कारोबार भने निःशुल्क गर्न पाउने व्यवस्था गरेको छ।

कोभिड–१९ का कारण नेपाल राष्ट्र बैंकले गत चैतदेखि जुनसुकै बैंकको एटीएम प्रयोग गरे पनि शुल्क लिन नपाउने व्यवस्था गरेको थियो। 

अबदेखि ग्राहकलाई जानकारी दिएर बैंकहरूले इन्टरनेट, एसएमएसजस्ता बैंकिङ कारोबारमा पनि शुल्क लिन पाउने भएका छन्। 


 

प्रकाशित: Jan 07, 2021| 11:49 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्