शुक्रबार, असोज २, २०८३

रावा बैंकका अध्यक्ष शर्माद्वारा शपथ ग्रहण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन्।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन्।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले शर्मालाई अध्यक्षमा चयन गरेको हो। शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव छन्। शर्मा यसअघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको सञ्चालकको रुपमा नियुक्त भई कार्यरत थिए।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ तथा अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीको उपस्थिति थियो। 

प्रकाशित: Jan 07, 2021| 11:47 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्