शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनलबीच कृषि कर्जा सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनलबीच कृषि कर्जा सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि कर्जाको बारेमा सम्झौता भएको छ। 
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि कर्जाको बारेमा सम्झौता भएको छ। 

कृषि कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्यले सम्झौता गरेको बैंकले जनाएको छ। 

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकले गुल्मीको विभिन्न ठाउँमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, माछापालन तथा फलफूलको उत्पादन गर्ने कृषकलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ। 

हेफर इन्टरनेशनलले चाहिँ सहकारीको सिफारिसमा साना किसानलाई तालिमको व्यवस्था गर्ने छ। 

ग्लोबल आइएमई बैंकको ७३ जिल्लामा २६४ शाखा छन्। 

हेफर इन्टरनेशनलले ४१ जिल्लामा २ लाख ५४ हजारभन्दा बढी किसानलाई सहयोग गर्दै साना किसानको विकासको लागि कार्यक्रम गर्दै आएको छ। 

प्रकाशित: Jan 07, 2021| 11:37 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्