शनिबार, असार २७, २०८३

बिग ब्यासमा होबर्टको चौथो हार, सन्दीपले लिए एक विकेट

अष्ट्रेलियन बिग ब्यास लिग (बीबीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम होबर्ट हुरिकेन्स पराजित भएको छ।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– अष्ट्रेलियन बिग ब्यास लिग (बीबीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम होबर्ट हुरिकेन्स पराजित भएको छ। पर्थमा सम्पन्न खेलमा हुरिकेन्सले सिड्नी थन्डर्ससँग ३९ रनका हार बेहोरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको ठन्डर्सले पूरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६७ रन बनाएको थियो।

१६८ रनको लक्ष्यका साथ मैदान पसेको हुरिकेन्स पूरा ओभर खेल्दै आठ विकेट गुमाएर १२८ रनमा समेटिएपछि जित सिड्नीको हातमा परेको हो।

जितका लागि सिड्नीका उस्मान खवाजा अर्धशतक बनाउन एक रनबाट चुके भने एलेक्स रोसले ४४ रनको योगदान दिए। जहाँ नेपालका लामिछानेले सिड्नीको एक विकेट गिराउँदा डिओर्चीले सर्टले तीन विकेट लिए।

जवाफी ब्याटिङमा आएको होबर्टका पिटर हेन्डस्कम्बले सबैभन्दा धेरै ३० रन बनाए भने बेन म्याडर्मोट र डेबिल मलनले २२ र २० रन बनाए।

यता, होबर्टलाई लक्ष्यमा पुग्न नदिन नाथन म्याकएन्ड्रिउ, क्रिस ग्रिन र तनवीर संघाले समान २–२ विकेट लिए भने अर्जून नैर र आडम मिल्नेले समान १÷१ विकेट लिए।

लिगमा चौथो हारका बाबजुद होबर्ट तेस्रो स्थानमा छ। जितका साथ सिड्नी थन्डर्स शीर्षस्थानमा छ। सिड्नीको २२ अंक छ भने होबर्टको १९ अंक छ।

प्रकाशित: Jan 07, 2021| 10:53 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।