शुक्रबार, असोज २, २०८३

१५.९१ अंकले बढ्यो नेप्से, २२०४ पुगेर फर्कियो  

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १५.९१ अंकले बढेको छ।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १५.९१ अंकले बढेको छ। 

२१८१ बाट सुरु भएको बजार साढे १ बजे २२०४ अंकमा पुगेको थियो। त्यसपछि क्रमशः ओरालो लाग्दै २१९४.४८ मा पुगेर रोकिएको हो।  

आज सेन्सेटिभ इन्डेक्स ३.०८ अंकले बढेर ४२१.२२ अंकमा पुगेको छ। बिहीबार २०८ कम्पनीको १ करोड १७ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बिहीबार अन्य बाहेक सबै समूहमा हरियाली छाएको छ। बैंकिङ समूहको सूचक १३, व्यापार ११२.६१, होटल ५.९४, विकास बैंक १०, जलविद्युत् १०.६४, फाइनान्स १०.२४ अंकले बढेको छ। 

त्यस्तै निर्जिवन बिमा १४४.८६, उत्पादन ११५.८३, माइक्रोफाइनान्स ४६.५३, बिमा ३८.८५ र म्युचुअल फण्ड समूहको सूचक ०.०१ अंकले बढेको छ। अन्य समूहको सूचक भने ३.६४ अंकले ओरालो लागेको छ। 

बिहीबार मल्टीपर्पस फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ताले गुमाएका छन्।    
 

प्रकाशित: Jan 07, 2021| 09:57 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्