शुक्रबार, असोज २, २०८३

पालुङटारमा खुल्यो ७ करोड लगानीमा पर्यटकीय होटल 

गोरखाको पालुङटार नगरपालिकामा ७ करोड लगानीमा सुविधासम्पन्न पर्यटकीय होटल सञ्चालनमा आएको छ। 
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

गोरखा– गोरखाको पालुङटार नगरपालिकामा ७ करोड लगानीमा सुविधासम्पन्न पर्यटकीय होटल सञ्चालनमा आएको छ। 

नेपाल एकीकरणको उदगमस्थलका रुपमा परिचित लिगलिगकोटलगायत आसपासमा पर्यटकको संख्यामा वृद्धि हुन थालेपछि होटल सञ्चालनमा ल्याइएको हो। 

१० रोपनी क्षेत्रफलमा फैलिएको होटलमा २० सुविधासम्पन्न कोठा छन्। होटलमा बैठक कक्ष तथा पार्टी प्यालेसको पनि व्यवस्था छ। स्विमिङ पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।  

‘होटल लिगलिग मनास्लु भ्यू’ सञ्चालनमा आएसँगै पर्यटकको संख्यामा पनि वृद्धि हुने सञ्चालक मानबहादुर पौडेलले जानकारी दिए। 

पौडेलले लिगलिगकोट र आसपासका गन्तव्य घुम्न आउने पर्यटकलाई घुमाएर फर्काउनेसम्मको व्यवस्था होटलले मिलाएको बताए। 

होटलमा पाहुनाले स्थानीय उत्पादनको स्वाद चाख्न पाउनेछन्। उनीहरुको चाहनाअनुसार स्थानीय कला संस्कृतिको प्रस्तुतिसमेत देखाउने व्यवस्था गरिएको पौडेलको भनाइ छ। 

रासस
 

प्रकाशित: Jan 07, 2021| 06:59 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्