शुक्रबार, असोज २, २०८३

सुनको मूल्य तोलामा १३०० घट्यो 

बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ। 
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ। 

बुधबार ९६ हजार ७०० मा कारोबार भएको सुनको मूल्य आज घटेर ९५ हजार ४०० कायम भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोला तोलामा एक हजार ३०० का दरले ओरालो लागेको छ। 

बुधबार तेजाबी सुन तोलामा ९६ हजार २०० मा कारोबार भएको थियो भने आज ९४ हजार ९०० मा कारोबार भइरहेको छ। 

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार ३३० रुपैयाँ तोकिएको छ। 
 

प्रकाशित: Jan 07, 2021| 05:39 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्