शनिबार, असार २७, २०८३

पेचेतिनोको पहिलो खेलमा पीएसजी जितविहीन 

फ्रेन्च लिग १ अन्तर्गत बुधबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सेन्ट इटिएनसँग बराबरीमा रोकिएको छ।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं- फ्रेन्च लिग १ अन्तर्गत बुधबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सेन्ट इटिएनसँग बराबरीमा रोकिएको छ।

इटिएनको मैदानमा सम्पन्न खेलमा पीएसजी घरेलु टिमसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

बराबरी गर्ने क्रममा घरेलु टिमका रोमिइन हमोउमाले सुरुआति गोल गरे। उनले खेलको १९ औं मिनेटमा घरेलु टिमलाई अग्रता दिए पनि पीएसजीले २२ औं मिनेटमा बराबरी गरिहाल्यो।

२२ औं मिनेटमा मार्को वेराट्टीले दिएको पासलाई सदुपयोग गर्दै मोइसे किनले गोल गरेर खेललाई बराबरीमा ल्याए। माउरिसियो पोचेतिनो प्रशिक्षकमा नियुक्त गरेपछि पीएजीको यो पहिलो खेल हो।

जसमा उनले बराबरीको सामना गरेका छन्। बराबरीसँगै अंक बाँडेको पीएसजी अंकतालिकाको दोस्रो स्थानमा छ। उसले १८ खेलबाट ३८ अंक जोडेर शीर्षस्थानको लियोनभन्दा एक अंक पछि परेको छ। यता अर्को क्लब इटिएन अंकतालिकाको १४ औं स्थानमा छ।

गएराति नै सम्पन्न अर्को खेलमा शीर्षस्थानको लियोनले लेन्सलाई ३–२ गोलले हराएको छ। त्यस्तै तेस्रो स्थानको लिल्ल भने एन्जर्ससँग २–१ गोलले पराजित भएको छ।
 

प्रकाशित: Jan 07, 2021| 02:59 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।