सोमबार, चैत २, २०८२

युभेन्टसद्वारा लिगलिडर मिलानको अपराजित यात्रा भंग

साविक विजेता युभेन्टसले बुधबार राति सम्पन्न सिरी–ए को खेलमा शीर्षस्थानको एसी मिलानाई हराएको छ।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– साविक विजेता युभेन्टसले बुधबार राति सम्पन्न सिरी–ए को खेलमा शीर्षस्थानको एसी मिलानाई हराएको छ।

National life

मिलानको सान सिरो मैदानमा सम्पन्न खेलमा घरेलु टिमलाई हराउने क्रममा युभेन्टसले ३–१ गोलको जित निकाल्यो।

पाहुना टिमको जितका लागि फ्रेड्रिको चिसाले दुई गोल गरे भने वेस्टोन म्याकेनिनले एक गाल गरे।

खेलको १८ औं मिनेटमा २३ वर्षे चिसाले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए। तर ४१ औं मिनेटमा मिलानका डाविड क्यालाब्रियाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

यससँगै प्रतिस्पर्धात्मक देखिएको खेल पहिलो हाफ १–१ गोलको बराबरीमा रोकियो। तर दोस्रो हाफमा युभेन्टसले दुई गोल थप्यो।

Laxmi sunrise bank
kumari

खेलको ६२ औं मिनेटमा चिसाले व्यक्तिगत दोस्रो गोल गर्दा फरवार्ड पाउलो डिबालाबले व्यक्तिगत दोस्रो एसिस्ट गरे। यससँगै पुनः अग्रतातर्फ फर्किएको युभेन्टसका म्याककेनिनले ७६ औं मिनेटमा गोल गरे।

म्याककेनिनको गोलसँगै युभेन्टसले ३–१ गोलको जित निकाल्यो। युभेन्टससँगको हारसँगै मिलानको अपराजित यात्रामा विराम लागेको छ।

उसले जारी सिजनमा पहिलो हाफ बेहोरेको हो। १६ खेल खेलेको एसी मिलान ३७ अंकका साथ शीर्षस्थानमा छ। यता एक खेल कम खेलेको युभेन्टस ३० अंकका साथ चौथो स्थानमा छ।

यसबीच इन्टर मिलान दोस्रो स्थानमा छ भने रोमा तेस्रो स्थानमा छ। गएरातिकै अर्को खेलमा नापोली स्पेजियासँग २–१ गोलले पराजित भएको छ। 
 

प्रकाशित: Jan 07, 2021| 02:30 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।