शनिबार, असार २७, २०८३

युनाइटेडलाई हराउँदै सिटी काराबाओ कपको फाइनलमा

म्यानचेस्टर युनाइटेडलाई हराउँदै डर्बी क्लब म्यानचेस्टर सिटी काराबाओ कपको फाइनलमा पुगेको छ।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– म्यानचेस्टर युनाइटेडलाई हराउँदै डर्बी क्लब म्यानचेस्टर सिटी काराबाओ कपको फाइनलमा पुगेको छ।

बुधबार राति सम्पन्न खेलमा डर्बी क्लबलाई २–० हराउँदै सिटीले फाइनलमा टोटेनहमसँगको भेट पक्का गरेको छ।

आउँदो अप्रिल २५ मा हुने काराबाओ कपको फाइनल खेल वेम्बले रंगशालामा हुनेछ। वेम्बलेको यात्र तय गर्नका लागि गएराति जोन स्टोनिस र फर्नान्डिन्होले समान १–१ गोल गरे। 

पहिलो हाफमा बराबरी भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएका थियो। खेलको ५० औं मिनेटमा सिटीका डिफेन्डर स्टोनिसले गोल गर्दै सुरुआति अग्रता बनाएका थिए। 

त्यस्तै, ८३ औं मिनेटमा मिडफिल्डर फर्नान्डिन्होले गरेको गोलसँगै सिटीले २–० को अग्रता बनाएको।सोही अग्रताका सिटीले जित निश्चित गरेको हो।

प्रकाशित: Jan 07, 2021| 01:30 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।