काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ता लक्षित क्यास ब्याक योजना ल्याएको छ।
बैंकको मोबाइल बैंकिङ/ग्लोबल स्मार्ट सेवा लिएर कुनै कारोबार नगरेका ग्राहकलाई ग्लोबल स्र्माट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा क्यास ब्याक योजना ल्याएको हो।
यसअन्तर्गत वालेट लोड तथा मोबाइल टपअप बाहेक ५० रुपैयाँ र क्यू आरमार्फतको पहिलो भुक्तानीमा १०० रुपैयाँ नगद प्राप्त गर्नेछन्।
बैंकको ७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखारहित बैंकिङ सेवा छ।