शनिबार, असार २७, २०८३

न्यूजिल्याण्ड पहिलोपटक टेस्ट वरीयताको शीर्षस्थानमा

न्यूजिल्याण्ड इतिहासमै पहिलोपटक विश्व टेस्ट वरीयताको शीर्षस्थानमा उक्लिएको छ।
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं- न्यूजिल्याण्ड इतिहासमै पहिलोपटक विश्व टेस्ट वरीयताको शीर्षस्थानमा उक्लिएको छ।

पछिल्लो सिरिजको दोस्रो खेलमा उसले पाहुना टोली पाकिस्तानलाई एक इनिङ र १७६ रनले हराउँदै वरीयताको शीर्षस्थानमा उक्लिएको हो।

पाकिस्तानलाई दोस्रो इनिङमा १८६ रनमै समेट्न न्यूजिल्याण्डका बलर केलियन जेमिइसनले ४८ रन खर्च गर्दै छ विकेट गिराए।

उनले सानदार प्रदर्शन गरेको २० ओभरमा छ मेडन राखेका थिए। जेमिइसनले जीवनको छैटौं टेस्ट सिरिज मात्र खेल्दै छन्। जहाँ उनले ११ विकेट लिन सफल बने।

पाकिस्तानविरुद्धको जितसँगै न्यूजिल्याण्डले पछिल्ला छ टेस्ट खेल जितेको छ। त्यस्तै, २०१७ बाट घरेलु मैदानमा टेस्ट हारेको छैन।

अहिले न्यूजिल्याण्डका कप्तान केन विलियम्सन विश्व टेस्ट वरीयताको शीर्षस्थानका ब्याट्स्मेन हुन्। जहाँ न्यूजिल्यान्डकै निल वेग्नर र टिम साउथी तेस्रो र चोथो स्थानमा छन्।

अग्ला कदमा जेमिइसनले इन्डियाविरुद्ध डेब्यु गरेपछि ३६ विकेट लिइसकेका छन्।

जितसहित न्यूजिल्याण्ड विश्वक टेस्ट च्याम्पियनसिप तालिकामा पनि अष्ट्रेलिया र इन्डियापछि तेस्रो नम्बरमा छ।

प्रकाशित: Jan 06, 2021| 11:00 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।