काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) १३.०७ अंकले बढेको छ।
बढेको बजार २१७८.५७ अंकमा पुगेर रोकिएको हो। आज २०५ कम्पनीको १ करोड ५ लाख ३५ हजार सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सेन्सेटिभ इन्डेक्स ४.४५ अंकले बढेर ४१८.१४ विन्दुमा पुगेको छ।
बुधबार बैंकिङ समूहको सूचक ११.८, होटल ०.८५, विकास बैंक २२.९५, फाइनान्स ३.६, निर्जिवन बिमा ११२.६६ अंकले बढेको छ। त्यस्तै उत्पादन ३०.६, अन्य ६.३३, माइक्रोफाइनान्स ५६.३१, जीवन बिमा २४.८३ र म्युचुअल फन्डको सूचक ०.०९ अंकले बढेको छ।
व्यापार समूह २०.९९ र जलविद्युत् १२.८ अंकले घटेको छ।
आज कर्णाली माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले भने गुमाएका छन्।