शनिबार, असार २७, २०८३

१८ औँ आहा रारा गोल्ड कपबाट १९ लाख बचत

गण्डकी प्रदेशकै उत्कृष्ट फुटबल प्रतियोगिता अन्तर्गत १८ औं संस्करणको आहा रारा गोल्ड कप २०७६ बाट १८ लाख ९७ हजार ६५७ रुपैयाँ बचत भएको छ।
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

पोखरा- गण्डकी प्रदेशकै उत्कृष्ट फुटबल प्रतियोगिता अन्तर्गत १८ औं संस्करणको आहा रारा गोल्ड कप २०७६ बाट १८ लाख ९७ हजार ६५७ रुपैयाँ बचत भएको छ।

गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा भएको उक्त प्रतियोगिताबाट ८८ लाख १० हजार ३६६ रुपैयाँ आम्दानी हुँदा उक्त रकम बचत भएको सहारा क्लबले जनाएको छ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटनको शहरको रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगिता सम्पन्न गर्न ६९ लाख १२ हजार ७०९ रुपैया खर्च भएको क्लबले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। प्रतियोगितामा टिकटबाट मात्रै २८ लाख ७ हजार ४७० रुपैया संकलन भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले बताए।

त्यसैगरी व्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७७२, सिजनल टिकटबाट ३६ हजार, बैंक ब्याज आम्दनीबाट ४२ जहार १४५ रुपैयाँ आम्दानी भएको उनले जनाए।

मुख्य प्रायोजक आहा तथा रारा तयारी चाउचाउबाट १२ लाख ५१ हजार, गण्डकी प्रदेश सरकारबाट १० लाख, हिमांश एजुकेसन कन्सल्टेन्सीबाट ४ लाख, राखेपबाट ३ लाख ४७ हजार ५२९, गोर्खा ब्रुअरीबाट ३ लाख ५० हजार, सहारा क्लब हङकङबाट २ लाख ७ हजार ४५० रुपैयाँ लगायतका संघ संस्थाबाट सहयोग प्राप्त भएको क्लबले जनाएको छ।

त्यसैगरी प्रतियोगितामा खेलाडीको दैनिक भ्रमण खर्च बापत २५ लाख ७ हजार १६८, प्रोत्साहन खर्च १६ लाख १२ हजार, प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन खर्च ६ लाख ८२ हजार ७५०, व्यानर कपडा एवम् लेखाइ खर्च २ लाख ३० हजार, खेल मैदानको लागि जिल्ला खेलकुद विकास समितिलाई ४ लाख, रेफ्री खर्च १ लाख ९४ हजार, रेफ्री यातयात खर्च १ लाख २८ हजार ३ सय ९५ लगायतका शीर्षकमा खर्च भएको क्लबका कोषाध्यक्ष राजु लालचनले जनाए।

बचत भएको उक्त रकम क्लबले सहारा एकेडेमीमा रहेका बालबालिकाहरुको लागि खर्च गर्दै आएको अध्यक्ष केशवबहादुर थापाले बताए। 

नेपाल पुलिस क्लबलाई फाइनलमा पराजित गर्दै नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लबले आहा रारा गोल्ड कपको उपाधिसहित नगद १० लाख १ हजार रुपैयाँ पुरस्कार हात पार्न सफल भएको थियो। प्रतियोगितामा भारतको एकसहित १० टिमको सहभागिता थियो। यो वर्षको प्रतियोगिता हुुने नहुने अझै टुंगो लागेको छैन।

प्रकाशित: Jan 06, 2021| 09:42 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।