शनिबार, असार २७, २०८३

भलिबलमा नयाँ खेलाडी छनोट, मासिक तीन हजार भत्ता दिइने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)ले नयाँ प्रतिभावान खेलाडीको घोषणा गरेको छ।
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)ले नयाँ प्रतिभावान खेलाडीको घोषणा गरेको छ।

घोषणा कार्यक्रमअन्तर्गत राष्ट्रिय खेल भलिबलमा २४ नयाँ खेलाडीको छनोट गरिएको राखेपले जानकारी दिएको हो।

छनोट भएका खेलाडीमा पुरुष र महिलातर्फ समान १२–१२ खेलाडी रहेको भलिबल प्रशिक्षक जगदीश भट्टले जनाएका छन्।

‘खेलाडीको प्रतिभा र उचाइका आधारमा ५२ खेलाडीमध्येबाट २४ खेलाडीको छनोट गरिएको छ,’ प्रशिक्षक भट्टले भने। 

राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले कार्यक्रमको औपचारिकरूपमा घोषणा गर्दै प्रत्येक खेलाडीलाई प्रोत्साहनस्वरुप मासिक तीन हजार रूपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

सिलवालले भलिबलमा देशका लागि योगदान दिने खेलाडी उत्पादन गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे।

सहभागीलाई प्रशिक्षक भट्टसहित अर्का प्रशिक्षक लालबहादुर बटालाले प्रशिक्षण दिने छन्।

पहिलो चरणमा ६ महिनासम्म खेलाडीलाई कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइने छ।

प्रकाशित: Jan 06, 2021| 07:42 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।