शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आयल निगमका हरेक कार्यालय र डिपोमा सीसीटीभी, केन्द्रबाटै अनुगमन

आयल निगमका हरेक कार्यालय र डिपोमा सीसीटीभी, केन्द्रबाटै अनुगमन

नेपाल आयल निगमले केन्द्रीय कार्यालयसँगै आफ्ना मातहतका सबै कार्यालय तथा डिपोहरू केन्द्रमै बसेर अनुगमन गर्ने भएको छ। 
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं- नेपाल आयल निगमले केन्द्रीय कार्यालयसँगै आफ्ना मातहतका सबै कार्यालय तथा डिपोहरू केन्द्रमै बसेर अनुगमन गर्ने भएको छ। 

निगमले माघ १ गतेदेखि सीसीटीभी क्यामरामार्फत् अनुगमन तथा नियमन गर्ने प्रणालीको व्यवस्था गर्न लागेको हो। 

साथै निगमले सबै कार्यालयमा डिजिटल हाजिरीको समेत व्यवस्था गर्न लागेको छ। 

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार थानकोट डिपोमा डिजिटल हाजिरी सुरु भइसकेको छ। सीसीटीभीबाट नियमन गर्ने काम पनि सुरु भएको उनको भनाइ छ।

‘माघ १ देखि सबै कार्यालयमा डिजिटल हाजिर हुन्छ, सबै कार्यालयको मोनिटिरिङ सीसीटीभीको माध्यमले यहीँबाट हुन्छ,’ पौडेलले भने, ‘मातहतका कार्यालयमा गरेको हाजिरसमेत यहाँबाट नै हेर्ने गरी काम भइरहेको छ।’

निगमका कार्यालयहरूमा डिजिटल हाजिरीको कार्यविधि बनिसकेकाले सोहीअनुसार सुरुआत गर्न लागेको पौडेलले बताए।

यसबाट थप पारदर्शी र कार्यमा थप चुस्तता आउने निगमको दाबी छ। 

मातहतको कार्यालय खुलेको समय, बन्द भएको समय, त्यहाँ लोड/अनलोड गर्ने ट्याङ्करहरू, उचित पार्किङ्लगायतका गतिविधि हेर्न सजिलो हुने निगमको दाबी छ। 

त्यस्तै डिपोहरूमा कर्मचारीले पालना गर्नुपर्ने प्रोटोकल पालना गरे/नगरेको समेत सीसीटीभीको माध्यमले अनुगमन गर्न सजिलो हुने र साँझको समयमा कतिबेलासम्म लोड अनलोडको काम भयो भन्ने लगायतका विषयमा अनुगमन नियमन गर्न सजिलो हुने निगमको भनाइ छ।

प्रकाशित: Jan 06, 2021| 07:09 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्