शुक्रबार, असोज २, २०८३

ताेलामा ३०० रूपैयाँले बढ्याे सुन

सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले उकालो लागेको छ। 
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं। आज सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले उकालो लागेको छ। 

पछिल्ला दिनमा सुनकाे मूल्य लगातार उकालो लागिरहेकाे छ।

मंगलबार प्रतितोला ९६ हजार ४०० रूपैयाँमा कारोबार भएको छापावाला सुन आज वृद्धि भई ९६ हजार ७०० रूपैयाँमा पुगेको छ।

यस्तै तेजाबी सुन आज ९६ हजार २०० रूपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ।

यसैगरी चाँदीमा भने प्रतितोला पाँच रूपैयाँले उकालो लागेको छ। 

प्रतितोला एक हजार ३३५ रूपैयाँमा मंगलबार कारोबार भएको चाँदी आज भने प्रतितोला एक हजार ३४० रूपैयाँ मूल्य निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 

प्रकाशित: Jan 06, 2021| 06:40 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्