शनिबार, असार २७, २०८३

टोटेनहम काराबाओ कपको फाइनलमा

ब्रेन्टफर्डलाई हराउँदै प्रिमियर क्लब टोटेनहम हट्स्पुर इएफएल काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ।
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं- ब्रेन्टफर्डलाई हराउँदै प्रिमियर क्लब टोटेनहम हट्स्पुर इएफएल काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति टोटेनहम हट्स्पुर रंगशालामा सम्पन्न सेमिफाइनल खेलमा घरेलु टिमले पाहुना टिम ब्रेन्टफर्डलाई २–० गोलले हराएको हो।

टोटेनहमको जितका लागि मौसा सिसोकोे र सन ह्युङ मिनले समान १–१ गोल गरे। खेलको १२ औं मिनेटमा रेगुलियनले दिएको पासको सदुपयोग गर्दै सिसोकोले सुरुवाती अग्रता बनाएका थिए।

यससँगै पहिलो हाफमा टोटेनहम एक गोलले अघि रह्यो। दोस्रो हाफ को ७० औं मिनेटमा एकडोम्बेलेले दिएको पासको सदुपयोग गर्दै सनले गोल गरेपछि घरेलु टिमले अग्रता दोब्बर बनायो।

यही अग्रता कायम राख्दै उसले सेमिफाइनल जितेको हो। यता ८४ औं मिनेटमा ब्रेन्टफर्डका डासिल्वाले राताे कार्ड पाएर बाहिरिएपछि पाहुना टिम थप दबाबमा आएको थियो।

अब टोटेनहमले फाइनलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको विजेतासँग खेल्नु पर्नेछ। म्यानचेस्टर डर्बीको खेल आज राति साढे १ बजे हुनेछ।

फाइनल खेल भने आउँदो अप्रिलमा वेम्बले रंगशालामा हुनेछ।

गएरातिको जितपछि टोटेनहमका प्रशिक्षक जोस माहोरिन्होले यो जित टोटेनहमका लागि रिवार्ड भएको बताएका छन्।

टोटेनहमले यदी उपाधि जित्न सके उसले १३ वर्षपछि उपाधि जित्नेछ। 

प्रकाशित: Jan 06, 2021| 01:02 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।