सोमबार, चैत २, २०८२

यी हुन् मनोनयनमा परेका वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षक

एनएसजेएफले १७ वर्षदेखि वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई सम्मान गर्दै आएको छ।
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ तर्फ वर्ष उत्कृष्ट पुरुष, महिला, वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक भएको छ।

National life

एनएसजेएफले १७ वर्षदेखि वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई सम्मान गर्दै आएको छ।

यो वर्ष पनि पुस २८ गते उत्कृष्ट खेलाडी र प्रशिक्षक घोषणा गर्ने कार्यक्रमका लागि मनोनयन सार्वजनिक गरिएको हो।

यस्ता छन् विभिन्न विधाका मनोनीत खेलाडी तथा प्रशिक्षक :

वर्ष उत्कृष्ट खेलाडी (पुरुष)

Laxmi sunrise bank
kumari

विकेश कुथु (फुटबल)

राष्ट्रिय फुटबल टिमका प्रभावशाली खेलाडी हुन्, विकेश कुथु। उनले १३औं दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ नेपाललाई स्वर्ण दिलाउन महत्त्वपूर्ण योगदान दिएका छन्।

त्यस्तै उनको योगदानमा आठौं राष्ट्रिय खेलकुदमा पनि आर्मी क्लबले स्वर्ण जितेको थियो। ए डिभिजन लिग फुटबलमा आर्मीलाई उपविजेता बनाउन सहयोगी भूमिका निर्वाह गरेका थिए।

साथै उनको टिमले विशाल गोल्डकप पनि जितेको थियो।

गोपीचन्द्र पार्की (एथ्लेटिक्स)

आठौं राष्ट्रिय खेलकुदको पाँच हजार मिटर दौडमा स्वर्ण जितेका पार्कीले १३औं सागको सोही विधामा स्वर्ण पदक जितेका थिए। त्यस्तै सागको १० किलोमिटरतर्फ भने कांस्य जिते।

यसबाहेक गणेशमान सिंह रोड रेस र चितवन नेसनल १५ किलोमिटरमा पनि प्रथम स्थान हासिल गरेका थिए।

कमल श्रेष्ठ (तेक्वान्दो)

तेक्वान्दोका कमल श्रेष्ठले पनि सागमा स्वर्ण जितेका थिए। उनले पुम्से एकलतर्फ ३० वर्षभन्दा कम उमेर समूहमा स्वर्ण जिते। 

आठौं राष्ट्रिय खेलकुदमा तीन स्वर्ण जितेका उनले नवौं कोरियन एम्बेसडर राष्ट्रिय तेक्वान्दोमा पनि दुई स्वर्ण जिते।

यस वर्ष लकडाउनको समयमा भएका धेरै अनलाइन प्रतियोगितामा पनि उनले नेपाललाई स्वर्ण दिलाएका छन्। फ्रान्समा सम्पन्न विश्व पुम्से च्याम्पियनसिपमा कमलले स्वर्ण स्थान प्राप्त गरेका थिए।

मन्देकाजी श्रेष्ठ (कराते)

करातेका श्रेष्ठले सागमा दोहोरो स्वर्ण जितेर वर्षभरि चर्चामा रहे। नेपाल पुलिसबाट राष्ट्रिय प्रतियोगिता खेल्ने श्रेष्ठले आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण र टिम कातामा रजत जितेका थिए।

बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा टिम कातामा स्वर्ण जितेका श्रेष्ठले एकल कातामा भने कांस्य जितेका थिए।

सुवास तामाङ (गल्फ)

वर्ष उत्कृष्ट पुरुषको मनोनयनमा परेका अर्का खेलाडी हुन् सुवास तामाङ। उनी गल्फका खलाडी हुन्। उनले सागमा व्यक्तिगत र समूह गरी दोहोरो स्वर्ण जितेका थिए।

उनले गल्फमा नेपाललाई पहिलोपटक स्वर्ण दिलाएका थिए, जसलाई ऐतिहासिक स्वर्ण भनिएको छ। नेपाल आर्मीलाई आठौं राष्ट्रिय खेलकुदमा रजत दिलाउन सहयोग गरेका उनी फाल्डा सिरिज छनोट, सूर्य नेपाल प्रिमियर लिगको समग्रमा च्याम्पियन बनेका थिए।

वर्ष उत्कृष्ट खेलाडी (महिला)

अनु अधिकारी(कराते)

अनु अधिकारीले गएको वर्ष दुई स्वर्ण र एक रजत जितिन्। १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण जितेकी अनुले गत वर्षको राष्ट्रिय खेलकुदमा रजत जितिन्।

त्यस्तै बंगलादेशका पाँचौ साफ च्याम्पियनसिपमा स्वर्ण विजेता बनिन् भने उज्वेकिस्तानमा भएको १६ औं सिनियर करातेको १६ औं स्थानमा रहिन्।

आयशा शाक्य (तेक्वान्दो)

खेलकुद सेलिब्रेटी हुन् आयशा शाक्य। उनले १३ औं सागमा दुई स्वर्ण जितेकी थिइन्।

त्यस्तै आठौं बृहत् राष्ट्रिय खेलकुदमा पनि कांस्य स्थान प्राप्त गरेपछि महिलार्फको मनोनयनमा परेकी छन्।

गौरिका सिंह (पौडी)

गत वर्ष साग सम्पन्न हुँदा सर्वाधिक चर्चा कमाएकी खेलाडी हुन् गौरिका सिंह। उनले पौडीतर्फ चार स्वर्ण, दुई रजत र तीन कांस्य जितिन्।

उनले सागमा सर्वाधिक स्वर्ण जित्ने दीपक विष्टको कीर्तिमानसँग बराबरी गरेका छन्। त्यस्तै आठौं राष्ट्रिय खेलकुदमा सहभागी बनेका सबै स्पर्धामा स्वर्ण जितेकी थिइन्।

सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स)

१३ औं सागको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी श्रेष्ठले अरू पनि थुप्रै उपाधि जितेकी छन्। उनले आठौं राष्ट्रिय खेलकुदमा पाँच हजार, १५ सय र १० हजार किलोमिटरमा क्रमशः स्वर्ण, रजत र कांस्य जितेकी थिइन्।

अन्य प्रतिस्पर्धामा वीर गणेशमान सिंह रोड रेस र नेवाः च्यारिटी धरानमा स्वर्ण जितेकी थिइन् भने कान्तिपुर हाफ म्याराथनमा रजत जितेकी थिइन्।

सोनी गुरुङ (ट्रायाथलन)

मनोनयनमा परेकी अर्की खेलाडी हुन् सोनी गुरुङ। उनले सागमा एक स्वर्ण र एक रजत जितिन्। आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण विजेता बनिन्।

दोस्रो ग्रेट बुद्धिस्ट ट्रेलमा स्वर्ण जितेकी गुरुङले हाई अल्टिच्युट ट्राइ एड्भेन्चरमा पनि स्वर्ण जितेकी थिइन्।

वर्ष युवा खेलाडी

भुपेन श्रेष्ठ(तेक्वान्दो)

तेक्वान्दोका भुपेन श्रेष्ठलाई आयोजकले वर्ष युवा खेलाडीको मनोनयनमा राखेको छ। उनले गत वर्ष सम्पन्न सागमा स्वर्ण जितेका थिए भने आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेका थिए।

दोस्रो इन्डिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका श्रेष्ठले चाइना ओपनमा भने कांस्य जितेका थिए।

पुनम श्रेष्ठ(जुडो) 

उनले पनि १३ औं सागमा स्वर्ण जितेकी थिइन् भने गत वर्षको राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेकी थिइन्। 
राजवीराजमा सम्पन्न छैठौं नेसनल ओपन जुडो च्याम्पियनसिपमा पनि स्वर्ण नै जितेकी थिइन्। 

सञ्जु चौधरी (भारोत्तोलन)

उनले भारोत्तोलनतर्फ १३ औं सागमा राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण जितिन्। सुनिललाल मेमोरियलमा पनि स्वर्णसहित उत्कृष्ट खेलाडी घोषित भइन्।

उनले चीनमा सम्पन्न एसियन च्यम्पियनसिप र टोकियो ओलम्पिक छनोट खेलमा पनि सहभागिता जनाएकी थिइन्।

सिना लिम्बु(तेक्वान्दो)

तेक्वान्दोकी सिना लिम्बूले १३ औं सागमा दोहोरो पदक जितिन्। एक स्वर्ण र एक कांस्य। त्यस्तै गत वर्षको राष्ट्रिय खेलकुदमा भने तीन पदक जितिन्। एक स्वर्ण, एक रजत र एक कांस्य।

नवौं कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दोमा पनि एक स्वर्ण, एक रजत र एक कांस्य जितेकी थिइन्।

सुवास तामाङ (गल्फ)

वर्ष उत्कृष्ट पुरुषको मनोनयनमा परेका सुवास तामाङ युवा खेलाडीको पनि मनोनयनमा परेका छन्। उनी गल्फका खेलाडी हुन्। उनले सागमा व्यक्तिगत र समूह गरी दोहोरो स्वर्ण जितेका थिए।

उत्कृष्ट प्रशिक्षक

अमरकुमार थिङ (उसु)

१३ सागमा १६ पदक जित्न सफल उसुका प्रशिक्षक हुन् अमरकुमार थिङ। उनले नेपाललाई पाँच स्वर्ण, ६ रजत र पाँच कांस्य जिताएका थिए।

मदन उप्रेती(कराते)

करातेले १९ पदक जित्दा मुख्य प्रशिक्षक थिए मदन उप्रेती। जहाँ उनले १० स्वर्ण, चार रजत र पाँच कांस्य जिताएका थिए।

नवीन श्रेष्ठ(तेक्वान्दो)

१३ औं सागमा नेपालले सर्वाधिक पदक जितेको खेल तेक्वान्दो हो, जसमा नेपालले २९ पदक जितेको थियो।

यसको मुख्य श्रेय तेक्वान्दोको प्रशिक्षक नवीन श्रेष्ठलाई जान्छ। सागमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो। सागमा सहभागी सबै खेलाडीले पदक जितेका थिए।

प्रकाश थापामगर (बक्सिङ)

१३ औं सागमा नेपालले बक्सिङमा तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो। उक्त पदक जिताउन मुख्य भूमिका खेलेका प्रशिक्षक हुन् प्रकाश थापामगर।

उनले इन्डियन ओपन बक्सिङमा पनि पदक दिलाउन सहयोग गरेका थिए।

शंकर कार्की (पौडी)

सागमा समान ४/४ स्वर्ण, रजत र कांस्य जिताउन सहयोग गरेका प्रशिक्षक हुन् शंकर कार्की। उनले आठौं राष्ट्रिय खेलकुदमा पनि पुलिस टिमलाई दोस्रो स्थानमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

अब आयोजक एनएसजेएफले पुस २८ गते एक सेमी भर्चुअल कार्यक्रम गर्दै अवार्ड विजेताको नाम सार्वजनिक गर्नेछ।

एनएसजेएफले यसअघि नै पिपल्स च्वाइज अवार्डमा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरिसकेको छ।

पिपल्स चोइजमा गौरिका सिंह, मन्देकाजी श्रेष्ठ, अरुणा शाही र सदिना श्रेष्ठ मनोनयनमा परेका छन्। इसेवामार्फत् भोटिङ भइरहेको छ।

प्रकाशित: Jan 05, 2021| 12:18 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।