शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकको ५८ औँ शाखारहित बैंकिङ सेवा बेलकोटगढीमा 

सनराइज बैंकको ५८ औँ शाखारहित बैंकिङ सेवा बेलकोटगढीमा 

सनराइज बैंक लिमिटेडले नुवाकोटको बेलकोटगढी नगरपालिका–५, माझगाउँमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। 
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

नुवाकोट– सनराइज बैंक लिमिटेडले नुवाकोटको बेलकोटगढी नगरपालिका–५, माझगाउँमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। 

योसँगै सनराइजको शाखारहित बैंकिङ सेवा संख्या ५८ पुगेको छ। 

बेलकोटगढीको सेवाको प्रतिनिधिका रुपमा बैंकले महेश्वर भुर्तेललाई नियुक्त गरेको छ। 

शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ। 

यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवा लिन सकिने बैंकले जनाएको छ। 

सन्राइज बैंकका १३९ वटा शाखा, ५८ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएममार्फत ७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। 

प्रकाशित: Jan 05, 2021| 11:49 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्