शनिबार, असार २७, २०८३

एथलेटिक्स टोली बंगलादेश प्रस्थान

बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन नेपाली टोली ढाका प्रस्थान गरेको छ।
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

काठमाडौं- बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन नेपाली टोली ढाका प्रस्थान गरेको छ।

दुई खेलाडीसहित तीन सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको राखेपले जनाएको छ।

जनवरी १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा किरणसिंह बोगटी र महिलामा पुष्पा भण्डारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

दुवै नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन्। उक्त सागको म्याराथनमा किरणले स्वर्ण तथा पुष्पाले रजत जितेका थिए।

प्रशिक्षकमा धनीराम चौधरी छन्। टोलीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले बिदाइ गरे।

प्रकाशित: Jan 05, 2021| 11:23 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।