शनिबार, असार २७, २०८३

उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक

वर्ष २०७६ का उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएकाे छ।
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

काठमाडौं – वर्ष २०७६ का उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएकाे छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डअन्तर्गत उनीहरूको मनोनयन सार्वजनिक गरिएको हो।

उत्कृष्ट खेलाडीमा पुरुषतर्फ विकेश कुथु, गोपीचन्द्र पार्की, कमल श्रेष्ठ, मन्देकाजी श्रेष्ठ र सुवास तामाङ मनोनयनमा परेका छन्। 

सोही विधाको महिलातर्फ अनु अधिकारी, आयशा शाक्य, गौरिका सिंह, सन्तोषी श्रेष्ठ र सोनी गुरुङ मनोनयनमा परेका छन्।

वर्ष युवा खेलाडीको मनोनयनमा भुपेन श्रेष्ठ, पुनम श्रेष्ठ, सञ्जु चौधरी, सिना लिम्बु र सुवास तामाङ परेका छन् भने उत्कृष्ट प्रशिक्षकको मनोनयनमा अमरकुमार थिङ, मदन उप्रेती, नवीन श्रेष्ठ, प्रकाश थापामगर र शंकर कार्की परेका छन्।

आयोजक एनएसजेएफले पुस २८ गते एक सेमी भर्चुअल कार्यक्रम गर्दै अवार्ड विजेताको नाम सार्वजनिक गर्नेछ।

एनएसजेएफले यसअघि नै पिपल्स च्वाइज अवार्डमा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरिसकेको छ।

जसमा गौरिका सिंह, मन्देकाजी श्रेष्ठ, अरुणा शाही र सदिना श्रेष्ठ मनोनयनमा परेका छन्। ई–सेवामार्फत उनीहरुको भाेटिङ भइरहेको छ।
 

प्रकाशित: Jan 05, 2021| 10:14 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।