सोमबार, चैत २, २०८२

साउथह्याम्टनसँग लिभरपुल पराजित

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा साविक विजेता लिभरपुल पराजित भएको छ।
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा साविक विजेता लिभरपुल पराजित भएको छ।

National life

साउथह्याम्टनको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १–० गोलको साँघुरो हार व्यहोरेको हो।

साउथह्याम्टनको जितका लागि ड्यानी इन्गसले निर्णायक गोल गरे। उनले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता बनाएका थिए। 

त्यसपछि लिभरपुलका सबै अवसर पोस्टमा छिर्न नपाएपछि खेल घरेलु टिमले जित्यो।

गएरातिको जितसँगै साउथह्याम्टनले सबै साविक विजेतालाई हराउने टिम बनेको छ। उसले सातवटै विजेता ग्रुपलाई जितपछिको सिजनमा हराएको छ।

Laxmi sunrise bank
kumari

लिभरपुलले ईपीएलका दुई खेलमा लगातार गोल गर्न सकेको छैन। अघिल्लो खेलमा उसले न्युकासलसँगै गोलरहित बराबरी खेलेको थियो। त्यस्तै पछिल्ला तीन खेलमा जित निकाल्न सकेको छ्रैन्।

यता जितसँगै १७ खेलबाट २९ अंक जोडेको साउथह्याम्टन शीर्षस्थानको लिभरपुल भन्दा चार अंक पछि छ। हारका बाबजुद लिभरपुलको शीर्षस्थान कायम छ।
 

प्रकाशित: Jan 05, 2021| 02:13 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।