शुक्रबार, असोज २, २०८३

दुई हप्तामा वाणिज्य बैंकहरुको कर्जा ३८ अर्ब बढ्यो

पुस १७ गतेसम्ममा वाणिज्य बैंकहरुको कर्जा ३८ अर्ब रुपैयाँले बढेको छ।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं- पुस १७ गतेसम्ममा वाणिज्य बैंकहरुको कर्जा ३८ अर्ब रुपैयाँले बढेको छ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार गत पुस ३ गते बैंकहरुको कर्जा जम्मा ३१ खर्ब २३ अर्ब रुपैयाँ रहेकोमा गत पुस १७ गते कर्जा बढेर ३१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। 

यस अवधिमा वाणिज्य बैंकहरुले ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। गत पुस ३ मा ३७ खर्ब १७ अर्ब रुपैयाँ रहेको निक्षेप गत पुस १७ गतेसम्ममा ३७ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको बैंकर्स एसोसिएसनले जनाएको छ। 

कोभिड १९ का कारण वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्न सकेका थिएनन्।

तर पछिल्लो समयमा भने बैंकहरुको कर्जा बढ्न थालेको छ। यसबाट आर्थिक क्रियाकलापहरु बढ्न थालेको स्पष्ट रुपमा देखिएको बैंकर्स एसोसिएसनले जनाएको छ।

प्रकाशित: Jan 04, 2021| 11:24 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्