शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ६५ करोड बिगो दाबी गर्दै १० जनाविरुद्ध राजस्व छलीको मुद्दा

६५ करोड बिगो दाबी गर्दै १० जनाविरुद्ध राजस्व छलीको मुद्दा

राजस्व अनुसन्धान विभागले ६५ करोड रुपैयाँ बिगो दाबी गर्दै १० जनाविरुद्ध पाटन उच्च अदालतमा राजस्व छलीको मुद्दा  दायर गरेको छ। 
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं– राजस्व अनुसन्धान विभागले ६५ करोड रुपैयाँ बिगो दाबी गर्दै १० जनाविरुद्ध पाटन उच्च अदालतमा राजस्व छलीको मुद्दा  दायर गरेको छ। 

विभागले सोमबार ६५ करोड २८ लाख ५२ हजार ३८२ रुपैयाँ बिगो दाबी गर्दै सर्लाही धनकौलका प्रदीप साहसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरुमाथि झुटा तथा नक्कली बिजक प्रयोग गरी राजस्व छली गरेको अभियोग छ।

उक्त समूहले आरके ट्रेडिङ प्रालिलगायतका विभिन्न व्यावसायिक फर्ममा कार्यरत मजदुरका नाममा फर्म दर्ता गरी झुठा तथा नक्कली बिजक प्रयोग गरी राजस्व छली गरेको विभागको आरोप छ।

समूहले आर्थिक वर्ष २०७३/०७४ देखि २०७५/०७६ सम्ममा मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर छली गरेको विभागले जानकारी दिएको छ। 
विभागका अनुसार समूहले भ्याटतर्फ २२ करोड ४९ लाख ६९ हजार ८०१ रुपैयाँ, आयकरतर्फ ३७ करोड ५८ लाख ३६ हजार ८८९ रुपैयाँ र लाभांश करतर्फ ५ करोड २० लाख ४५ हजार ६९२ रुपैयाँ चुहावट गरेको पाइएकाे छ।

प्रकाशित: Jan 04, 2021| 11:10 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्