काठमाडौं– बैंक अफ काठमाडौं लिमिटेड र साक्को रिसोर्टबीच छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा साक्को रिसोर्टले १० प्रतिशत छुट उपलब्ध गराउने भएको हो।
सम्झौतामा बैंकको साँखु शाखाका प्रबन्धक बैकुण्ठकुमार सैंजु र साक्को रिसोर्टका प्रमुख श्रीबन्तलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। साक्को रिसोर्ट काठमाडौंको साँखुमा छ।
बैंक अफ काठमाडौं लिमिटेडका ९१ शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टर छन्।