शनिबार, असार २७, २०८३

सन्दीप आबद्ध होबर्ट हुरिकेन्सको बीबीएलमा तेस्रो हार

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम होबर्ट हुरिकेन्सले बिग ब्यास लिग (बीबीएल) मा तेस्रो हार बेहोरेको छ।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं– नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम होबर्ट हुरिकेन्सले बिग ब्यास लिग (बीबीएल) मा तेस्रो हार बेहोरेको छ।

सोमबार सम्पन्न खेलमा होबर्टले मेलबर्न स्टार्ससँग १० रनले पराजित भएको हो। 

टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १८३ रन बनाएको थियो। 

१८४ रनको लक्ष्यका साथ मैदान छिरेको होबर्ट पूरा ‌ओभरमा ६ विकेट गुमाएर १७३ रनमा समेटिएपछि खेल मेलबर्नले जितेको हो।

मेलबर्नको जितका लागि मार्कस स्टोइनिसले अविजित ९७ रनको योगदान दिए। हिल्टन कर्थराइट र निकोलस पुरनले क्रमशः ३६ र २६ रन बनाए।

होबर्टका लागि नाथन इलिस, रिलेय मेरेडिथ र सन्दीप लामिछानेले  क्रमशः ३, २ र १ विकेट लिए।

जवाफी ब्याटिङमा आएको होबर्टका बेन म्यागर्मोट्टले ९१ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। उनलाई साथ दिँदै डेबिड मलन र कप्तान पिटर हेन्डस्कम्बले २६ र २१ रन बनाए।

मेलबर्नका राम रेनबर्डले दुई विकेट लिए भने बली स्टइनेक, एडम जम्पा र लियम हट्चरले समान १-१ विकेट लिए।

प्रतियोगितामा तेस्रो जितसहित मेलबर्नले १५ अंक बनाएको छ भने पराजित होबर्ट १८ अंकका साथ तेस्रो स्थानमा छ। 

होबर्ट शीर्षस्थानको सिड्नी सिक्सर्स भन्दा तीन अंकले पछि छ भने मेलबर्न ६ अंकले पछि छ।

सन्दीपले जारी सिजनको दुई खेलमा सहभागी भएर तीन विकेट हात पारेका छन्।
 

प्रकाशित: Jan 04, 2021| 10:48 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।