शनिबार, असार २७, २०८३

होटेलमा खाना खान गएका भारतीय खेलाडीको कोरोना नेगेटिभ

नयाँ वर्षमा खाना खान होटेल गएको भिडियो भाइरल भएपछि आइसोलेसनमा बसेका भारतीय खेलाडीसहित सबै क्रिकेटरको कोरोना रिपोर्ट नेभगेटिभ आएको छ।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं- नयाँ वर्षमा खाना खान होटेल गएको भिडियो भाइरल भएपछि आइसोलेसनमा बसेका भारतीय खेलाडीसहित सबै क्रिकेटरको कोरोना रिपोर्ट नेभगेटिभ आएको छ।

हिजो जनवरी ३ मा गरिएको परीक्षणमा भारत र अष्ट्रेलियाका खेलाडीको रिपोर्ट नेगेटिभ रहेको पाइएको हो।

‘खेलाडी र भारतीय टिमका सहयोगी स्टाफहरुको कोभिड–१९ परीक्षण जनवरी ३ मा गरिएको थियो। सबै खेलाडी र स्टाफको रिपोर्ट नेगेटिभ आएको छ,’ इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भनेको छ।

अंग्रेजी पात्रोअनुसार नयाँ वर्षको दिन भारतीय टिमका उपकप्तान रोहित शर्मासहित पाँच खेलाडी आइसोलेसनमा बस्नुपर्ने भएको थियो।

एक भारतीय समर्थकको ट्वीटर ह्यान्डलबाट बाहिरिएको भिडियोमा नयाँ वर्षको दिन पाँच खेलाडी मेलबर्नको एक रेस्टुरेन्टमा खाना खाँदै गरेको देखिन्छ।

भिडियोमा देखिएका शर्मासहित ऋषभ पन्त, शुभमन गिल, पृथ्वी स र नवदीप शैनीलाई आइसोलेसनमा राखिएको छ। तर उनीहरु छुट्टै समूह बनाएर खेल अभ्यासमा सहभागी भइरहेका छन्।

यता क्रिकेट अष्ट्रेलियाले बीसीसीआईसँग समन्वय गरेर खेलाडीको कदमले बायोसेक्योरेटी तोडेको हो वा होइन भन्ने निणर्य गर्ने बताएको छ।

अब भारतले अष्ट्रेलियाविरुद्ध जनवरी ७ बाट तेस्रो टेस्ट सुरु गर्नेछ।

प्रकाशित: Jan 04, 2021| 10:47 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।