काठमाडौं– आइतबार रेकर्ड कायम गरेको सेयर बजार परिसूचक (नेप्से) सोमबार ६.३६ अंकले घटेको छ।
आइतबार ८८.१२ अंकले वृद्धि हुँदै २१७५.३९ विन्दुमा पुगेको नेप्से सोमबार ६.३६ अंकले घटेर २१६९.०४ विन्दु कायम भएको हो।
नेप्सेका अनुसार सोमबार ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ रुपैयाँ बराबरको १ करोड १६ लाख ४३ हजार कित्ता सेयर कारोबार भएका छन्।
सोमबार अधिकांश समूहका सूचक घटेका छन्। उत्पादन समूहको १००.५२ अंकले, जीवन बिमा ७६.३९ अंकले र वाणिज्य बैंक समूहको सूचक ११.२ अंकले घटेको छ।
त्यस्तै, निर्जीवन बिमा समूह, विकास बैंक, हाइड्रोपावर, लघुवित्त समूहको सेयर मूल्य सोमबार बढेको छ।