आइतबार, असार २८, २०८३

आईओएफटीसी पुम्सेमा उपविजेता नेपाललाई १९ स्वर्ण

दोस्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपमा नेपाल टिम उपविजेता बनेको छ।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं – दोस्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपमा नेपाल टिम उपविजेता बनेको छ।

नेपालले १९ स्वर्ण, १४ रजत र २२ कांस्य जितेको आईओएफटीसी हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारले बताए।

एरिक राणा, विकास शाह, कृपा गुरुङ, रोधन राई, सोफिया तामाङ, कृयासन विष्ट, ईशान शाह, जेसन थापा, राहुल हजरा, सगुन राई, विनिता प्रधान, चिरञ्जीवी भण्डारी, प्रेम लामा मोक्तान, सुष्मा राई, मुना तामाङ, प्रतीक्षा राणा, जितबहादुर बोट, कमल श्रेष्ठ र सुरेश मानन्धरले स्वर्ण जितेका हुन्।

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीद्वारा आयोजित प्रतियोगितामा २६ स्वर्ण, २४ रजत र २३ कांस्यसाथ अमेरिका टिम च्याम्पियन बन्यो।

डिसेम्बर २८ देखि ३० तारिखसम्म भएको प्रतियोगितामा नेपाल प्रहरी क्लबले अनुशासित टिमको उपाधि हात पारेको छ।

ब्ल्याकवेल्टतर्फ पुरुषमा नेपालका जितबहादुर बोट तथा महिलामा अमेरिकाकी बिट्रिज करिना बेलिसिना उत्कृष्ट खेलाडी चुनिए।

कलर बेल्टतर्फ पुरुषमा फिलिपिन्सका क्लार्क जेड अबेलो तथा महिलामा सोही राष्ट्रकी फ्रेङहेज्का थेरेसे गुइहामा उत्कृष्ट खेलाडी घोषित भए।

उत्कृष्ट चारैले जनही १५० अमेरिकी डलर पुरस्कार जितेका छन्। अमेरिकाका क्यारोलिन इने पार्क उत्कृष्ट निर्णायक ठहरिए।

आईओएफटीसीको २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जनाएका छन्।

प्रतियोगितामा विभिन्न २० राष्ट्रका २ सय ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: Jan 04, 2021| 09:21 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।