भक्तपुर– एनआईसी एशिया बैंकले ९३ औँ विस्तारित काउन्टर भक्तपुरको सूर्यविनायकमा शुभारम्भ गरेको छ।
काउन्टरको समुद्घाटन सांसद् महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले संयुक्त रुपमा गरेका हुन्।
समुद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले सूर्यविनायक नगरपालिकाको बैंकिङ पार्टनर हुन पाउनु आफ्नो लागि गर्वको विषय भएको बताएका छन्।
एनआईसी एशियाका मुलुकभर ३३३ शाखा, ४७१ एटीएम, ९३ वटा एक्स्टेन्सन काउन्टर एवं ७६ वटा शाखा रहित बैंकिङ सेवा छन्। बैंकका २२ लाखभन्दा बढी ग्राहक छन्।