सोमबार, चैत २, २०८२

बुन्डेसलिगामा बायर्नको सानदार र डर्टमुन्डको सहज जित

जर्मन बुन्डेसलिगा अन्तर्गत आइतरबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले वुल्सबर्गविरुद्ध २–० गोलको जित निकालेको छ। गएरातिको अर्को खेलमा शीर्षस्थानको बायर्नले माइन्जविरुद्ध ५–२ गोलको जित निकालेको छ।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं- जर्मन बुन्डेसलिगा अन्तर्गत आइतरबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले वुल्सबर्गविरुद्ध २–० गोलको जित निकालेको छ।

National life

डर्टमन्डको घरेलु मैदानमा सम्पन्न खेलमा जार्डन सान्चे र म्यानुइल एकान्जीको गोलको सहयोगमा डर्टमन्डले जित निकालेका हो।

जितसँगै २५ अंक जोडेको डर्टमुन्ड शीर्षस्थानको बार्यन भन्दा आठ अंकले पछि छ। यता पराजित वुल्भसबर्ग २४ अंकका साथ छैटौं स्थानमा छ।

त्यस्तै गएरातिको अर्को खेलमा शीर्षस्थानको बायर्नले माइन्जविरुद्ध ५–२ गोलको जित निकालेको छ।

बायर्नकै मैदानमा सम्पन्न खेलमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा बायर्नले सानदार जित निकालेको हो।

Laxmi sunrise bank
kumari

जितका लागि लेवान्डोस्कीका अलावा जोसुवा किमिच, लेरोय साने र निक्लास सुलेले पनि समान १–१ गोल गरे।

यता माइन्जका जोनाथन बुर्कड्रार्ट र अलेक्जेन्डर हाकले पनि १–१ गोल गरेर नजितालाई ५–२ मा थाम्न सहयोग गरे।

लिगमा दशौं हारसंगै ६ अंक जोडेको माइन्ज अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा छ।

अंकतालिकाको दोस्रो स्थानमा रहेको लाइप्जिकले शनिबार रातिको खेलमा सुटरगार्टलाई हराएको थियो। लाइप्जिकका ३१ अंक छ।
 

प्रकाशित: Jan 04, 2021| 02:40 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।