शनिबार, असार २७, २०८३

चेल्सीको हारले लाम्पार्डलाई पीडा, सिटी लयमा फर्कँदै

सिटीले पछिल्ला केही खेलमा राम्रो नजिता निकाल्न सकेको थिएन।  तर गएरातिको खेलमा उसले बलिलयो टिम चेल्सीविरुद्ध ३–१ गोलको सहज जित निकाल्यो।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं– जारी सिजनको इंग्लिस प्रिमियर लिगमा उपाधि दाबेदार हुन्– चेल्सी र म्यानचेस्टर सिटी। 

सिटीले पछिल्ला केही खेलमा राम्रो नजिता निकाल्न सकेको थिएन।  

तर गएरातिको खेलमा उसले बलिलयो टिम चेल्सीविरुद्ध ३–१ गोलको सहज जित निकाल्यो।

यता सिटीले सहज जित निकालेपछि चेल्सी बलियो टिम हो वा होइन भन्ने शंका उत्पन्न भएको छ। 

यसलाई स्पष्ट पार्ने अर्को पनि कारण छ कि चेल्सीले पछिल्ला छ खेलबाट चार अंक मात्र जम्मा पार्न सकेको छ।

यसकारण चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले आइतबार रातिको हारपछि क्लब दुःखबाट गुज्रिरहेको बताएका छन्।

आइतबारको खेलमा लगातार तीन गोलले पछि परेको अवस्थामा चेल्सीले सान्त्वना गोलमात्र गरेको थियो। इलिके गुन्डोगनलले पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।

त्यस्तै २१ औं मिनेटमा र ३४ औं मिनेटमा फिल फोडेन र केभिन डि ब्रुनले गोल गरेपछि चेल्सी पहिलो हाफमै तीन गोलले पछि पर्यो।

दोस्रो हाफको इन्ज्युरी समयमा चेल्सीका क्यालुम हुड्सनले सान्त्वना गोल गरेपछि सिटीले ३–१ गोलको जित निकालेको हो।

‘कुनै पनि पुननिर्माणले पीडा दिन्छ, त्यो चाहे मैदानको पीडा होस् वा पर्दा पछिको पीडा,’ हारपछि लाम्पार्डले भने।

उनले थपे, ‘यो निकै अप्ठ्यारो समय छ र किन अप्ठ्यारो छ भन्ने पनि थाहा छ। जब तपाई खेलाडीलाई हेर्नुहुन्छ यहाँ धेरै युवा खेलाडी छन् र उनीहरु आफूलाई सावित गर्न चहान्छन्।’

चेल्सीले समर फुटबल ट्रान्फर विन्डोमा दुई सय मिलियन पाउन्ड भन्दा धेरै खर्च गरेर टिमको पुननिर्माण गरेको थियो।

त्यही खर्चमा भित्रिएका थिए टिमो वेर्नर, कई अभाट्र्ज र एडवर्ड मेन्डी जस्ता उत्कृष्ट खेलाडी। जसले पछिल्लो सिजनमा आफ्नो टिमबाट गतिले प्रदर्शन पनि गरे।

उनीहरुले यदी १२ डिसेम्बरमा एभर्टनलाई हराउन सकेको भए अंकतालिकाको शीर्षस्थानमा पुग्ने सम्भावना थियो। तर अहिले चेल्सी शीर्षस्थानको लिभरपुलभन्दा सात अंकले पछि छ।

प्रशिक्षक लाम्पार्डले गएको डिसेम्बर सुरुमा लिड्स युनाइटेडविरुद्ध जित निकाल्ने क्रममा आफू उपाधि दावेदार नभएको बताएका थिए। 
त्यतिबेला चेल्सीले राम्रो प्रदर्शन सुरु गरेको अवस्था थियो।

तर लाम्पार्ड अहिले टिम मिलाउन अझै केही समय लाग्ने बताउँछन्। भन्छन्, ‘टिम बनाउनका लागि अझै केही समय लाग्न सक्छ तर म अरुले के भन्छ भन्ने कुरा सुनेर बस्दिनँ।’

लयमा सिटी
यता खेलका उत्कृष्ट प्रदर्शन गरेका सिटीका केभिन डिब्रुन खेल  लयमा फर्किएकोमा खुसी छन्।

‘हामीले पाँच देखि १० मिनेटमै लयमा छौं भन्ने थाहा पायौँ,’ उनले भने, ‘र, हामीले अवसरलाई खेर जान दिएनौँ। पहिलो हाफमै ३–० अघि रहँदा दोस्रो हाफमा अझै राम्रो खेल्न सकिन्छ।’

जारी सिजनका पछिल्ला खेलमा सिटीले टोटेनहम र लेस्टससँग हारेपछि लिभरपुल र म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेको थियो।

जसकारण उसलाई १० अंक घाटा लागेको छ। दुई सिजन अघि एक अंकले उपाधि जित्दाको तुलनामा त १० अंक भयंकर ठूलो परिमाण हो।

१० अंक घाटा लागेपछि गएरातिको खेलमा नै हो सिटीलाई राहत मिलेको पनि। यसकारण बलियो टिमसँग जित निकाल्नु महत्वपूर्ण रहेको डि ब्रुनको ठहर छ।

यता सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले गएरातिको खेलमा फेन्टास्टिक रिजल्ट निकालेकोमा खुसी रहेको बताएका छन्। 

‘विंगरसँग क्षमता थियो जसले खेलको बीच भागका खेलाडीलाई पनि सहयोग गर्‍याे र हामीले जित पनि निकाल्यौं,’ उनले भने, ‘आजको खेलले समर्थकलाई खुसी बनाउन सकेका छौं।’

तर सिटीका महत्वपूर्ण खेलाडी भने कोरोना संक्रमणका कारण आइसोलेसनमा छन्। खेलाडी अभावका बाबजुद सिटीले जित निकालेको हो।
 

प्रकाशित: Jan 04, 2021| 02:22 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।