काठमाडौं– लाउतारो मिर्टिनेजले ह्याट्रिक गरेको खेलमा इन्टर मिलानले क्रोटोनमाथि गोल वर्षा गरेको छ।
सिरी–ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा घरेलु टिम इन्टर मिलानले पहुना टिम क्रोटोनलाई ६–२ गोलले हराउँदा मार्टिनेजले ह्याट्रिक गरे।
रामेलू लुकाकूको पास सदुपयोग गर्दै १९ औं मिनेटमा सुरुवाती अग्रता बनाएका मर्टिनेले दोस्रो हाफमा दुई गोल थपे।
५७ औं मिनेट र ७८ औं मिनेटमा बाँकी दुई गोल गर्दै मार्टिनेले ह्याट्रिक पुरा गरेका थिए।
यता क्रोटोनका लुका मारोनीले पहिलो हाफमा आत्मघाती गोल गर्दै इन्टरलाई गोल कोसेली दिए भने लुकाकूले ६४ औं मिनेटमा गोल गरे।
त्यस्तै, आर्चिफ हाकिमीले ८७ औं मिनेटमा गोल गर्दै खेललाई ६–२ गोलको सानदार अवस्थामा पुर्याएका थिए।
पहिलो हाफको १२ औं र ३६ औं मिनेटमा गोल गर्दै क्रोटोनले इन्टरसँग आधा समय बराबरी खेलेको थियो।
तर दोस्रो हाफमा आक्रामक बनेको इन्टरको सामना क्रोेटोनले गर्न सकेन्।
बलियो नतिजाको जितसँगै इन्टर शीर्षस्थानको एसी मिलानभन्दा एक अंकले पछि छ।
समान १५ खेल खेलेका एसी मिलान र इन्टर मिलान पहिलो र दोस्रो स्थानमा छ।
त्यस्तै ३० अंक बनाएर तेस्रो स्थानमा रहेको रोमा एसी मिलानभन्दा सात अंकले पछि छ।
रोमाले आइतबार रातिको खेलमा साम्पदोरियाविरुद्ध १–० गोलको जित निकालेको थियो।
त्यस्तै अंकतालिकामा चौथो स्थानको टिम हो नापोली। आइतबार राति क्यालिग्रीविरुद्ध १० खेलाडीमा समेटिएको नापोलीले ४–१ गोलको जितसहित २८ अंक बनाएको छ।