शनिबार, असार २७, २०८३

युभेन्टसको फराकिलो जितमा रोनाल्डोको दोहोरो गोल

साविक विजेता युभेन्टसले सिरी–ए अन्तर्गत आइतबार राति उडिनेसविरुद्ध ४–१ गोलको जित निकालेको छ।
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं– साविक विजेता युभेन्टसले सिरी–ए अन्तर्गत आइतबार राति उडिनेसविरुद्ध ४–१ गोलको जित निकालेको छ।

ओल्ड लेडी मैदानमा घरेलु टिम युभेन्टसले पाहुना टिम उडिनेसविरुद्ध फराकिलो जित निकाल्दा फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।

पहिलो हाफको ३१ औं मिनेटमै आरोन रामसीको पासलाई ड्राइभ गर्दै रोनाल्डोले सुरुवाती अग्रता बनाएका थिए। यससँगै युभेन्टस पहिलो हाफमा एक गोलले अघि रह्यो।

पहिलो हाफमा अग्रता बनाएका रोनाल्डोले दोस्रो हाफको ४९ औं मिनेटमा चिइसाले गोल गर्दा पास उपलब्ध गराए।

दुई गोलले अघि रहेको अवस्थामा रोनाल्डोले नै तेस्रो गोल गर्दै खेललाई सहज अवस्थामा पुर्याएका थिए।

यता पाहुना टिमका मार्विन जिगेलारले निर्धारित समयको अन्तिम मिनेटमा सान्त्वना गोल गर्दै नजितालाई ३–१ बनाए।

तर अतिरिक्त समय पनि युभेन्टसले सदुपयोग गर्न सक्यो। यसपटक अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले गोल गरे। डिबालाको गोलसँगै युभेन्टसले ४–१ गोल अन्तरका साथ खेल जित्यो।

जितका साथ युभेन्टसले २७ अंक जोडेको छ। तर ऊ अंकतालिकाको पाँचौ स्थानमा मात्र छ। यता पराजित उडिनेस १३ औं स्थानमा छ।

आइतबार रातिकै अर्को खेलमा एसी मिलानले बेनिभेन्तोसँग २–० गोलको जित निकालेको छ। जितसका साथ ३७ अंक बनाएको मिलान अंकतालिकाको शीर्षस्थानमा छ। 

त्यस्तै अर्को खेलमा लाजियोले जिनोअसँग १–१ गोलको बराबरी खेलेको छ।
 

प्रकाशित: Jan 04, 2021| 01:11 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।