शनिबार, असार २७, २०८३

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : ललितपुर विजयी

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताअन्तर्गत आज भएको वाग्मती प्रदेशको छनोट खेलमा ललितपुर विजयी भएको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताअन्तर्गत आज भएको वाग्मती प्रदेशको छनोट खेलमा ललितपुर विजयी भएको छ।

ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई १२३ रनले हराएको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनायो। 

ललितपुरले दिएको २६९ रनको लक्ष्य पछ्याउने क्रममा त्रिविले ९ विकेट गुमाएर १४५ रन मात्र बनायो। २६९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा त्रिविका लागि पृथु बाँस्कोटाले ४९, सुशान्त तिमल्सिनाले २८ तथा निराकार राईले १० रन बनाए।

बलिङतर्फ ललितपुरका आशुतोष घिरैयाले तीन तथा विपिन आचार्य र सुमित झाले दुई–दुई विकेट लिए।

यसअघि ललितपुरका लागि पवनगोपाल श्रेष्ठले अविजित ११७ रनको शतकीय पारि खेले। उनले १०३ बल खेल्दै तीन छक्का र १० चौका प्रहार गरे।

यस्तै सचिन लेखकले ६८ तथा आशुतोष घिरैयाले ३१ रन बनाए। बलिङतर्फ त्रिविका लागि पृथु बाँस्कोटाले चार तथा सुशान्त तिमल्सिनाले दुई विकेट लिए। 

प्रकाशित: Jan 03, 2021| 14:47 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।