मंगलबार, चैत १०, २०८२

तालाबन्दी गरेर विश्वविद्यालय बलियो बन्दैन : मन्त्री कार्की

प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले तालाबन्दी गरेर विश्वविद्यालय बलियो नबन्ने बताएका छन्।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

विराटनगर- प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले तालाबन्दी गरेर विश्वविद्यालय बलियो नबन्ने बताएका छन्।

National life

मन्त्री कार्कीले प्राज्ञिक क्षेत्रको थलोमै तालाबन्दी भइरहने कुराले विश्वविद्यालयको साख घटाएको भन्दै कुनै पनि समस्याको समाधान वार्ता र सम्वादबाट गर्न सुझाव दिए। 

विश्वविद्यालयभित्रको आन्तरिक खिचातानी र स्वार्थ समूहका कारण पूर्वाञ्चल विश्वविद्यालयमा २७ वर्षसम्म पनि उचित विकास हुन नसकेको उनले गुनासो गरे। मन्त्री कार्कीले विश्वविद्यालयभित्र राजनीतिलाई जबरजस्ती प्रवेश गराउने कार्य रोकिए सही दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले प्रदेश सरकारको तर्फबाट विश्वविद्यालयलाई आवश्यक कानुनी र आर्थिक क्षेत्रमा गर्नुपर्ने सहयोगबारे छलफलका लागि आह्वान गरेका छन्।

आइतबार पूर्वाञ्चल विश्वविद्यालयको २७ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै मन्त्री कार्कीले विभिन्न बाहना बनाएर विश्वविद्यालयलाई आन्दोलनको थलो बनाउने र तालाबन्दी गरेरमात्रै समस्याको समाधान खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। 

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले सवैको साथ सहयोगबाट विश्वविद्यालय आफ्नै थलोमा फर्किएको भन्दै खुसी व्यक्त गरे।

Laxmi sunrise bank
kumari

विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले विश्वविद्यालयलाई राजनीतिक भन्दा प्राज्ञिक थलोका रुपमा मात्रै आफूले हेरेको बताए।

राष्ट्रियसभा सदस्य गोपी अछामी, प्रथम परीक्षा नियन्त्रक कविराज न्यौपाने, स्कुल अफ हेल्थ साइन्सकी क्याम्पस प्रमुख कविता अधिकारी, परीक्षा नियन्त्रक प्राडा सूर्यप्रसाद संग्रौला, प्राध्यापक संघका सभापति डा.सन्देशदास श्रेष्ठ, कर्मचारी संघका सभापति राजकुमार सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।  

वार्षिकोत्सवको अवसरमा विश्वविद्यालयका सहप्राध्यापक तथा प्रथम परीक्षा नियन्त्रक कविराज न्यौपानेलाई विशेष सम्मान गरिएको थियो।

विश्वविद्यालयमा २० वर्षे सेवा अवधि पुरा गरेका प्रा.डा. पवनकुमार झा, सहप्राध्यापक रामप्रसाद ढकाल, मुख्य अधिकृत जनकमणि तिम्सिना, अधिकृत पर्वतराज न्यौपाने, मुख्य सहायक निरोद सुवेदी र मुख्य कार्यालय सहयोगी कोपिला खड्कालाई सम्मान गरिएको हो। 

सोही अवसरमा विश्वविद्यालयका विभिन्न कार्यालय र विभागमा रहेर उत्कृष्ठ काम गर्ने १९ जना कर्मचारी तथा प्राध्यापकहरुलाई उत्कृष्ठ सेवा पदक प्रदान गरिएको थियो।

प्रकाशित: Jan 03, 2021| 14:25 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्