शुक्रबार, असोज २, २०८३

नयाँ वर्षको पहिलो कारोबार दिनमै सेयर बजारमा रेकर्ड

नयाँ वर्ष २०२१ को पहिलो कारोबार दिन आइतबार सेयर बजारमा रेकर्ड कायम भएको छ। 
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं– नयाँ वर्ष २०२१ को पहिलो कारोबार दिन आइतबार सेयर बजारमा रेकर्ड कायम भएको छ। 

आइतबार सेयर बजार परिसूचक (नेप्से) ८८.१२ अंकले वृद्धि भएर २१७५.३९ विन्दुमा पुगेको हो। 

यसअघि गत बिहीबार नेप्से २०८७.२७ अंकमा पुगेर रोकिएको थियो। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार ६ अर्ब ३४ करोड ४० हजार १७ हजार ८८९ रुपैयाँ बराबरको १ करोड ४० लाख २६ हजार ८ सय ८६ कित्ता सेयरको कारोबार भएको छ।

आइतबार सबै समूहको सेयर मूल्य बढेको छ। धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएका कारण आइतबार सेयर बजारमा लगानकर्ताको आकर्षण देखिएकाले सेयर बजार बढेको अनुमान गरिएको छ।

आज सबैभन्दा धेरै बिमा समूहको सूचक ५५०.५९, निर्जिवन बिमा २६८.४२,  उत्पादन २६४.४४ र व्यापार समूहको सूचक २२१.५७ अंकले बढेको छ। 
 

प्रकाशित: Jan 03, 2021| 11:13 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्