सोमबार, चैत २, २०८२

पीएम कप महिला टी ट्वान्टी उपाधि प्रदेश १ लाई

पीएम (प्रधानमन्त्री) कप महिला टी ट्वान्टी  क्रिकेट उपाधि प्रदेश १ ले जितेको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं– पीएम (प्रधानमन्त्री) कप महिला टी ट्वान्टी  क्रिकेट उपाधि प्रदेश १ ले जितेको छ।

National life

दाङको लमहीमा भर्खरै सम्पन्न फाइनलमा  प्रदेश १ ले सशस्त्र प्रहरीको विभागीय टिमलाई आठ रनले पराजित गरेको हो।

१०६ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफ ९९ रनमा समेटिएपछि खेल प्रदेश १ ले पहिलोपटक कप जितेको हो।

टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले पूरा ओभर खेल्दै चार विकेटको क्षतिमा १०५ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको एपीएफले पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा ९९ रन बनायो।

जितका लागि ओपनरद्वय रुविना क्षेत्री र अप्सरी बेगमले ५८ रनको साझेदारी गरे। बेगम ३४ रनमा पेवेलियन फर्किइन् भने कप्तान क्षेत्रीले १८ रन जोडिन्।

Laxmi sunrise bank
kumari

उनीहरु दुवैलाई एपीएफकी कप्तान सीता राना मगरले पेवेलियन पठाएकी थिइन्।

तेस्रो नम्बरमा मैदान प्रवेश गरेकी काजल श्रेष्ठले अविजित २९ रन बनाइन् भने रोमा थापा र निशा शाहले सम्झनलायक प्रदर्शन गरेनन्।
एपीएफकी राना मगरले तीन विकेट लिँदा करुण भण्डारीले एक विकेट गिराइन्।

जबाफी ब्याटिङमा आएको एपीएफले खराब सुरुवात गर्दै दोस्रो ओभरमै पहिलो विकेट गुमाउन पुग्यो।  बलिया ब्याट्स्मेन ज्योति पाण्डे, राजमती ऐरी र इन्दु बर्मा क्रमशः १४, शून्य र सात रनमा आउट भयो।

मध्यक्रममा ममता चौधरीले करुणा भण्डारीको साझेदारी तोड्न प्रदेश १ लाई दबाब परेको थियो। उनीहरुले ६४ रनको साझेदारी गर्दै एपीएफलाई जीवनदिन चाहे पनि सकेनन्। ममताले ३४ रन बनाइन् भने करुणाले २६ रन जोडिन्।

बलिङमा बलियो प्रदर्शन गरिरहेको प्रदेश १ ले फाइनल खेलमा पानि सोही लय कायम राख्न सक्यो। प्रदेश १ की रुविना क्षेत्री र एलिसा खडियाले विकेट समान ११ विकेट लिए।

प्रतिस्पर्धात्मक फाइनल खेलमा अन्तिम ६ बलमा १३ रन बाँकी थियो। तर अन्तिम ओभरमा एपीएफले दुई विकेट गुमाएपछि खेलमा प्रदेश १ हाबी भएको थियो। विजयी टोलीले पाँच लाख नगदसहित कप पाएको छ भने उपविजेताले तीन लाख पाएको छ।

प्रकाशित: Jan 03, 2021| 08:51 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।