शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारले निजी क्षेत्रलाई व्यावसायिक साझोदारको रुपमा हेर्न सकेन : वरिष्ठ उपाध्यक्ष ढकाल

सरकारले निजी क्षेत्रलाई व्यावसायिक साझोदारको रुपमा हेर्न सकेन : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक साझेदारको रुपमा हेर्न नसक्दा समस्या आएको बताएका छन्। 
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

बागलुङ– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक साझेदारको रुपमा हेर्न नसक्दा समस्या आएको बताएका छन्। 

बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई आइतबार सम्बोधन गर्दै ढकालले राज्यले निजी क्षेत्रलाई व्यावसायिक साझेदारको रुपमा हेर्न नसक्दा लगानी विस्तार हुन नसकेको बताएका हुन्। 

आइएमई ग्रुपका अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र समृद्ध मुलुक निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताएका छन्। 

उनले भने, ‘राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीलाई सहजीकरण भन्दा पनि निरुत्साहित गरेको छ।’ 

उनले नेपालमा पुँजीको अभावमा नभएको र उचित वातावरण र अग्रसरताको अभावमा लगानी बढ्न नसकेको बताए। 
 

प्रकाशित: Jan 03, 2021| 08:19 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्