शनिबार, असार २७, २०८३

पीएम कप फाइनल : एपीएफलाई १०६ रनको लक्ष्य

प्रधानमन्त्री (पीएम) कप महिला टी–२० क्रिकेटको फाइनलमा प्रदेश १ ले सशस्त्र प्रहरीको विभागीय टिम एपीएफलाई १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं – प्रधानमन्त्री (पीएम) कप महिला टी–२० क्रिकेटको फाइनलमा प्रदेश १ ले सशस्त्र प्रहरीको विभागीय टिम एपीएफलाई १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दाङको लमहीमा आइतबार दिउँसो जारी खेलमा प्रदेश १ ले १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हो।

टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले सबै ओभर खेल्दै चार विकेटको क्षतिमा १०५ रन बनाएको छ।

ओपनरद्वय रुविना क्षेत्री र अप्सरी बेगमले ५८ रनको साझेदारी गरे। बेगम ३४ रनमा पेवेलियन फर्किइन् भने कप्तान क्षेत्रीले १८ रन जोडिन्।
उनीहरु दुवैलाई एपीएफकी कप्तान सीता राना मगरले पेवेलियन पठाएकी थिइन्।

तेस्रो नम्बरमा मैदान प्रवेश गरेकी काजल श्रेष्ठले अविजित २९ रन बनाइन् भने रोमा थापा र निशा शाहले सम्झनलायक प्रदर्शन गरेनन्।

यता एपीएफकी राना मगरले तीन विकेट लिँदा करुण भण्डारीले एक विकेट गिराइन्।

प्रकाशित: Jan 03, 2021| 07:23 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।