सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • होटलमा खाना खाएको भिडियो बाहिरिएपछि उपकप्तान शर्मासहित पाँच भारतीय खेलाडी आइसोलेसनमा

होटलमा खाना खाएको भिडियो बाहिरिएपछि उपकप्तान शर्मासहित पाँच भारतीय खेलाडी आइसोलेसनमा

होटेलमा खाना खाँदै गरेको भिडियो सार्वजनिक भएपछि भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्मासहित पाँच खेलाडी आइसोलेसनमा बस्नुपर्ने भएको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं – होटेलमा खाना खाँदै गरेको भिडियो सार्वजनिक भएपछि भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्मासहित पाँच खेलाडी आइसोलेसनमा बस्नुपर्ने भएको छ।

National life

सामाजिक सञ्जाल ट्विटरमा पोस्ट भएको भिडियोमा नयाँ वर्षको दिन पाँच खेलाडी मेलबर्नको एक रेस्टुरेन्टमा खाना खाँदै गरेको देखिन्छ।

भिडियोमा देखिएका शर्मासहित ऋषभ पन्त, शुभमन गिल, पृथ्वी स र नवदीप शैनी आइसोलेसनमा बस्नुपर्ने भए पनि उनीहरू छुट्टै समूह बनाएर अभ्यासमा सहभागी हुनेछन्।

क्रिकेट अस्ट्रेलियाले दुवै देशको टिमका मेडिकल युनिटको सहयोगमा खेलाडी आइसोलेसनमा राख्ने निर्णय भएको जनाएको छ।
खेलाडीले बायोसेक्युरिटी प्रोटोकल्स तोडेको हो वा होइन भन्ने विज्ञप्तिमा केही उल्लेख छैन।

भारतीय एक क्रिकेट समर्थकले आफू रहेको रेस्टुरेन्टमा खेलाडी देखेपछि भिडियो बनाएको बताएका थिए। उनले  खेलाडीको बिल भुक्तानी पनि आफैंले गरेको दाबी गरेका छन्।

Laxmi sunrise bank
kumari

डिलिट गरिएको उक्त डिभियोमा बिल भुक्तानी गरेपछि पन्तले उनलाई अंकमाल गरेको दाबी गरिएको थियो।

तर पछि उनले अंकमाल गरेको दाबी अस्वीकार गरेको इएसपीएन क्रिकइन्फोले जनाएको छ।

अस्ट्रेलिया क्रिकेटले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अब अस्ट्रेलियाको टिम र भारतको मुख्य टिमले अभ्यास गर्ने समयभन्दा फरक समय र ठाउँमा पाँच खेलाडीले अभ्यास गर्नेछन्।’

भारतीय दैनिक द हिन्दुले खेलाडी खेलमा उपस्थित हुनेमा शंका गर्न नपर्ने उल्लेख गरेको छ।

समाचारमा लेखिएको छ, ‘अब प्राथमिक अध्ययन सकौं। त्यसपछि खेलाडीको कोभिड–१९ टेस्ट गरिनेछ। त्यसको नतिजापछि बाँकी निर्णय हुनेछ। आइसोलेसनमा बसेका खेलाडी तेस्रो टेस्टमा सहभागी बन्दैनन् भनेर शंका गर्नु उचित छैन।’

चार खेल खेलेको भारत–अस्ट्रेलिया टेस्ट शृंखलामा यसअघि सम्पन्न दुई खेलमा आयोजक र पाहुना टिमले समान १–१ जित निकालेका छन्। तेस्रो टेस्ट आउँदो जनवरी ७ बाट हुनेछ।

खुट्टामा चोट लागेका कारण रोहित शर्माले अस्ट्रेलिया भ्रमणमा यसअघि खेल्न पाएका छैनन्। रोहितको उपस्थितिविना नै इन्डियाले समान तीनतीन खेलको टी–२० र एकदिवसीय खेलेको थियो।
 

प्रकाशित: Jan 03, 2021| 06:52 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।