मंगलबार, चैत १०, २०८२

प्रिमियर इन्टरनेशनल स्कुलद्वारा राष्ट्रिय आविष्कार केन्द्रसहित चार संस्थालाई आर्थिक सहयोग

प्रिमियर इन्टरनेशनल स्कुल ललितपुरले चार संस्थालाई दुई लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ। 
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं– प्रिमियर इन्टरनेशनल स्कुल ललितपुरले चार संस्थालाई दुई लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ। 

National life

स्कुलले समाजिक कार्यमा सक्रिय संस्था जुनकिरी र संगालोलाई ६५–६५ हजारका साथै महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्र र फिड द हंग्री नेपाललाई ६०–६० हजार सहयोग रकम हस्तान्तरण गरेको हो। 

उक्त रकम गत बिहीबार भर्चुअल माध्यमबाट सम्बन्धित संस्थालाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा जुनकिरी नेपाल, संगालो, राष्ट्रिय आविष्कार केन्द्र र फिट द हंग्री नेपालका प्रतिनिधिको पनि सहभागिता थियो।

कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रले आफूले प्राप्त गरेको सहयोग रकमबाट २७२ वटा पुनः प्रयोग गर्न मिल्ने ‘फेस सिल्ड’ तयार गरी विभिन्न अस्पताललाई प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ। यसले, कोभिड–१९ का बिरामीलाई उपचार गर्न महत्वपूर्ण सहयोग पुग्ने अध्यक्ष महावीर पुनले बताए।

यस्तै जुनकिरी नेपालले प्राप्त रकमबाट सीमान्तकृत समुदायका विद्यार्थीलाई पठनपाठनका सामग्री प्रदान गर्ने जनाएको छ। 

Laxmi sunrise bank
kumari

अर्को सामाजिक संस्था ‘संगालो’ले पनि प्राप्त रकमबाट नगरकोटस्थित जनकल्याण विद्यालयलाई प्राथमिक उपचार तथा पाठ्यसामग्री प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ। 

फिट द हंग्री नेपालले प्राप्त सहयोग रकमले अछामको साँफेबगर नगरपालिकाका २५ परिवारलाई कम्बल र १० किलो चामल प्रतिव्यक्तिका दरले सहयोग गर्ने जनाएको छ। 

उक्त रकम गत वर्ष प्रिमियर इन्टरनेशनल स्कुलमा अध्ययन गरिसकेका विद्यार्थीले दुई सय विद्यालयको सहभागितामा आयोजित ‘प्रिमियर मोडल युनाइटेड नेसन’ कार्यक्रमबाट संकलन गरिएको स्कुलले जनाएको छ।
 

प्रकाशित: Jan 03, 2021| 06:25 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्