शनिबार, असार २७, २०८३

पीएम कप फाइनलः उपाधि होडमा प्रदेश १ र एपीएफ

आज प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय टी–२० क्रिकेटले जारी सिजनको उपाधि विजेता पाउने भएको छ।
 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं– आज प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय टी–२० क्रिकेटले जारी सिजनको उपाधि विजेता पाउने भएको छ।

दाङको लमहीमा जारी प्रतियोगिताको फाइनलमा आज प्रदेश १ र सशस्त्र प्रहरीको विभागीय टिम एपीएफबीच हुने खेलबाट विजेता टुंगो लाग्नेछ।

आठ टिम सम्मिलित कपका सर्वाधिक बलिया टिम हुन प्रदेश १ र एपीएफ।

यि दुवै टिमले यो सिजनमा कुनै हार बेहोरेका छैनन्। दुवै टिमले समुह चरणमा सतप्रतिशत जित निकालेका थिए भने सेमीफाइनल खेलमा पनि सानदार प्रस्तुति दिए। यसकारण आजको फाइनल खेलमा कडा प्रतिस्पर्धा हुने देखिन्छ।  

हिजोको दोस्रो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। त्यस्तै हिजोनै सम्पन्न सेमिफाइनलको पहिलो खेलमा एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनल प्रवेश गरेको थियो। 

सेमीफाइनल खेलमा प्रदेश १ ले १० विकेटको जित निकालेको थियो भने एपीएफले नौ विकेटको सहज जित हात पारेको थियो।

त्यस्तै, दुवै टिमको कप्तानी राष्ट्रिय टिमका बलिया खेलाडीले सम्हालिरहेका छन्।

राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले प्रदेश १ को कप्तानी गरिरहेकी छन भने राष्ट्रिय टोलीकी सदस्य सिता राना मगले एपीएफको कप्तानी गरिरहेकी छन्।
 

प्रकाशित: Jan 03, 2021| 03:06 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।