काठमाडौं– माउरिसियो पोचेतिनो पेरिस सेन्ट जर्मेन(पीएसजी)को हेड कोचमा नियुक्त भएका छन्।
शनिबार साँझ पीएसजीले एक सूचना जारी गर्दै पाचेतिनोलाई स्वागत गरेको जनाएको छ।
क्लबले आफ्नो ट्वीटरमा एक भिडियो सार्वजनि गर्दै लेखेको छ, ‘पोेचेतिनोलाई स्वागत छ।’
सम्झौता अनुसार अब अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले लिग वानको साविक विजेता पीएसजी सन् २०२२ सम्म सम्हाल्ने छन्।
लिग वानको तेस्रो स्थानमा रहेको पीएसजीले आउँदो जनवरी ६ को राति यो वर्षको पहिलो खेल उनकै प्रशिक्षणमा खेल्नेछ। जहाँ उनले आजा (आइतबार) बाट प्रशिक्षण सुरु गर्नेछन्।
पूर्व प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको हप्ता दिनमा क्लबले नयाँ प्रशिक्षक नियुक्त गरेको हो।
टुचेल क्रिसमस इवमा बर्खास्त भए पनि क्लबले गएको मंगलबार मात्र सार्वजनि गरेको थियो।
पोचेतिनो यसअघि प्रिमियर क्लब टोटेनहम, साउथह्यामटनका सँगै स्पेनिस क्लब एस्पानोयलमा प्रशिक्षक रहिसकेका छन्।
तर २००९ को नोभेम्बरमा टोटेनहमले बर्खास्त गरेपछि पोचेतिनो कुनै क्लबमा जोडिएका थिएनन्।
पोचेतिनोले खेलाडीका रुपमा २००० देखि २००३ सम्म पीएसजीमा ९५ खेल खेलेका थिए।
उनी पीएसजीमा अनुबन्ध भएसँगै डेले अली पनि फ्रेन्च क्लबमा जाने हल्ला सुरु भएको।
‘पीएसजीको नयाँ प्रशिक्षक हुन पाएकोमा म धेरै खुसी र गैरवान्वित छु,’ प्रशिक्षक नियुक्त भएपछि पोचेतिनोले भने, ‘मलाई विश्वास गरेका कारण म क्लबको व्यवस्थापकलाई धन्यवाद भन्न चहान्छु।’
उनले ठूलो महत्वकांक्षका साथ पीएसजीमा फर्किएको बताएका छन्। साथै उनले विश्वका उत्कृष्ट खेलाडीका साथ काम गर्न उत्सुक रहेको बताएका छन्।