शनिबार, असार २७, २०८३

सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्षस्थानमा

 |  आइतबार, पुस १९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस १९, २०७७

काठमाडौं– स्पेनिस जायन्ट रियल मड्रिड शनिबार रातिको खेलमा जित निकाल्दै ला लिगाको शीर्षस्थामा उक्लिएको छ।

रियलको मैदान अल्फ्रेदो डि स्टेफानोमा सम्पन्न खेलमा रियलले २–० गोलको जित निकालेको हो।

जितका लागि लुकास भाज्क्वेस र मार्को एसेन्सियोल समान एकएक गोल र एसिस्ट गरे।

यि दुई खेलाडीको संयोजनमा रियलले छैटौं मिनेटमै अग्रता बनाएको थियो। यससँगै पहिलो हाफमा एक गोलले घरेलु टिम अघि रह्यो।

दोस्रो हाफमा पनि रियलले एक गोल थप्पो। यसपटक एसेन्सियोले गोल गर्दा भाज्क्वेसले पास उपलब्ध गराए।

भाज्क्वेस र एसेन्सियो प्रेरित जितसँगै रियलले १७ खेलबाट शीर्षस्थानमा एक अंकको अग्रता बनाएको छ। यता तीन खेल कम खेलेको रियल एथ्लेटिको मड्रिडको भने ३५ अंक छ।

गएरातिको खेलमा पराजित सेल्टा २३ अंकका साथ आठौं स्थानमा छ।

गएराति नै सम्पन्न अन्य खेलमा गेटाफेले भालाडोलिडसँग १–० गोलको साँघुरो हार बेहोरेको छ भने लेभान्टे भिल्ला रियलसँग २–१ गोलले पराजित भएको छ। त्यस्तै, रियल बेटिसले सेभियासँग बराबरी खेलेको छ।
 

प्रकाशित: Jan 03, 2021| 01:44 आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।